प्रवाशी नेपाली मन्च मलेसियाको क्षेत्रिय कमिटी गठन

प्रवाशी नेपाली मन्च मलेसियाको क्षेत्रिय कमिटी गठन

  कपन अनलाइन, ३ साउन, २०७३ /मलेसिया :-   दिनेश खड्रका “खप्तडी”

प्रबासी नेपाली मंच, मलेसियाले आफ्ना शाखा कमिटी गठनलाई तीब्रता दिएको छ। आइतबार मलेसियाको राजधानी क्वालालम्पुरको पुचोङमा निरज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रिय कमिटी चयन गरिएको मन्च का केन्द्रिय उपाध्यक्ष रमेश आचार्यले जानकारी दिएका थिए । जस्को उपाध्यक्ष शिशिर बुढाथोकी सचिव कृष्णबहादुर गाहा सह-सचिव बिष्णु थामी र कोषाध्यक्ष मंगलबहादुर राजवंशी छन् ।

13692121_1776307445940003_283708639_o

त्यसैगरी सदस्यहरुमा बिष्णु कुमाल रुपक राई खिम बोहोरा हेमराज आचार्य जनक दंगाल र सागर मगर रहेका छन । प्रबासी नेपाली मंच, मलेसियाको उपाध्यक्ष तथा जिफन्ट सपोर्ट ग्रुप मलेसियाका संयोजक बेदकुमार खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा मंचका उपाध्यक्ष जीवन देवान, महासचिव दयाराम कुमाल, केन्द्रीय सदस्य सन्दीप संग्रौला र रेवतीकुमार श्रेष्ठ उपस्थिति थियो । गङगु गिरीले अध्यक्षता र निरज अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन सन्दिप संग्रौलाले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।