लर्ड्समा भएको पहिले टेस्टमा पाकिस्तानको शानदार बिजय

लर्ड्समा भएको पहिले टेस्टमा पाकिस्तानको शानदार बिजय

247555

कपन अनलाइन, ३ साउन, २०७३

विवाद तथा आन्तरिक समस्याग्रश्त पाकिस्तानी क्रिकेट टिमको इंगल्याण्ड यात्रा सुखद शुरुवात भएको छ । पाकिस्तानले पहिलो टेस्ट क्रिकेटमा लर्ड्समा इंग्ल्याण्डलाई ७५ रनले हराएर भ्रमणको शानदार सुरुवात गरेको छ । दुई पारीमा १० दश विकेट लिएर  म्यान अफ द म्याच भएका लेग स्पिनर यासिर शाहको शानदार बलिङबाट प्रभावित पाकिस्तानले दोस्रो पारीमा दिएको २८३ रनको चुनौति पार गर्न नसक्दा इंगल्याण्ड ७५ रनले पराजित भएको हो । कप्तान मिस्वाहउल हकको पहिलो पारीको शतक तथा असद सफिकको दुवै पारीको लययुक्त ब्याटिङले पनि पाकिस्तानको बिजय सहज बनेको थियो । यो बिजयसँगै पाकिस्तानले ४ टेस्टको श्रृंखलामा १-० ले अग्रताले लिएको छ ।

तपाइँको प्रतिक्रिया ।