धुर्मुस सुन्तलीको परियोजनामा १० दिने श्रमदान गरी फर्कियो स्काउटको टोली

कपन अनलाइन /साउन ०२, २०७३

एकीकृत नमुना बस्ति निर्माणमा नेपाल स्काउटबाट गएको स्काउट लिडर राजिब खत्री सहित २५ जनाको टोली आज काठमाडौँ फर्किएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले तामाङ्ग समुदायको बाहुल्यता रहेको सिन्धुपाल्चोक स्थित गिरानचौरमा ६५ वटा घर निर्माण गरि रहेको छ ।news 3

नेपाल स्काउटको उक्त टोली गत असार २४ गते सिन्धुपाल्चोकको गिरान्चौर श्रमदानका लागी पुगेको थियो । त्यहाँ स्काउटका सदस्यले भवन निर्माणका लागी बिहान देखि साझसम्म बेल्चा, कोदालो, ट्रली र डोको प्रयोग गरी ढुंगा बोक्ने, गिटी, बालुवा र सिमेन्टको मसाल बनाउने र ओसार्ने काम गरेका थिए ।

टोलीको बिदाई कार्यक्रममा बोल्दै सिताराम कट्टेल धुर्मुसले १० दिन सम्म श्रम गर्न स्व-स्फुर्त आएका नेपाल स्काउटका २५ जना रोभर/रेन्जर स्काउटहरुको यो टिमको उत्साहजनक क्रियाशीलता, कडा परिश्रम र लगावले आफु साँच्चै उत्साहित भएको बताए र प्रशन्नता सहित नेपाल स्काउटको तर्फबाट थप श्रमदानका लागि आग्रह गरे ।

टोलीको नेतृत्व गरेका स्काउट लिडर राजिब खत्रीले ‘धुर्मुस सुन्तली फाउन्डेसनको यस पबित्र कार्यमा श्रमदान गर्न पाउँदा आफ्नो टोली निकै हर्षित भएको र फेरी पनि सम्भव भएसम्म सहयोग र श्रमदानमा पुन फर्किने’ बताए । त्यसैगरि उनले धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल र नमुना एकीकृत बस्ति बिकाशका संयोजक अर्जुन न्यौपानेलाइ नेपाल स्काउटको स्कार्फ लगाएर सम्मान गरे ।News 1

सहभागी सदस्य स्काउट लिडर सन्तोष कुमार थापाले  ‘मध्यान्न अघिको चर्को घाम र त्यसपछिको घनघोर बर्षाको बावजुत पनि आफ्नो टिमले १० दिनसम्म पूर्ण स्वस्थताका साथ श्रम गरि अनुहारमा खुसी र सन्तुष्टिको चमक लिएर काठमाडौँ फर्किन लागेको बताए ।

श्रमदान कार्यक्रममा नेपाल स्काउट अन्तरगतका कुमारीगाल स्काउट ओपन युनिट, मछिन्द्र क्र्यू, नोदन क्र्यू, सचेतना स्काउट क्र्यू, नेसनल ओपन क्र्यू, गोकर्णेश्वर ओपन स्काउट क्र्यूका सदस्यहरु सहभागिता रहेको थियो ।

दशैँको घटस्थापनासम्ममा हस्तान्तरण गरिने योजनाले अगाडी बढेको उक्त परियोजनाबाट करिब ६५ परिवारका ४०० जना लाभान्वित हुने छन् । उक्त स्थानमा बस्ने बासिन्दाका लागी केवल बस्ने बास मात्र नभएर बाटो, खानेपानी र विजुलीको पनि राम्रो ब्यवस्था गराउने फाउन्डेसनका परियोजना संयोजक अर्जुन न्यौपाने बताए ।

तपाइँको प्रतिक्रिया ।