तेजकुमार केसीको पहलमा कपन क्याम्पस कम्प्युटर ल्याबलाई ६ लाख

तेजकुमार केसीको पहलमा कपन क्याम्पस कम्प्युटर ल्याबलाई ६ लाख

Desktop33

कपन अनलाइन, २ साउन, २०७३
बुनपा क्षेत्रमा प्रतिष्ठित सामुदायिक कलेज कपन बहुमुखी क्याम्पसका पूर्व व्यवस्थापन समिति सदस्य तेजकुमार केसीले सो कलेजमा कम्प्युटर ल्याब निर्माणका लागि ६ लाख रुपैँया बजेट उपलब्ध गराउन पहल गरेका छन् । कपन बहुमुखी क्याम्पसलाई हालै प्राप्त भएको सो रकम शिक्षा मन्त्रालयबाट प्राप्त भएको हो । नेपाल सरकारका निजामति कर्मचारीसमेत रहेका केसीले एकल पहलमा क्याम्पसको स्तरन्नोतीका लागि सो बजेटका लागि पहल गरेका हुन् । एक कार्यकाल सो क्याम्पसको व्यवस्थापन समिति सदस्य बस्दासमेत सबैले सरहाना गर्ने सदस्यका रुपमा रहेका केसी कपन क्षेत्रका सामाजिक अभियान्ता पनि हुन् ।

यसअघि कपन बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको कोटामा सदस्य बनेका केसीलाई केही महिना अघि भएको व्यवस्थापन समितिको नयाँ कार्यसमितिमा सूचना तथा कुनै छलफलसमेत गरिएको थिएन । नेका बुनपा १२ का सभापति तथा बालउद्धार स्कूल व्यवस्थापन समितिका अध्यक्ष श्याम डोटेलले एकलौटीरुपमा आफ्नाका आसेपासेहरुलाई नेकाको कोटामा कपन क्याम्पसको व्यवथापन समिति लगेका थिए । श्याम डोटेलको यो कदमको नेकाभित्र मात्र नभै समग्र कपन क्षेत्रमै आलोचना भएको थियो ।

तपाइँको प्रतिक्रिया ।