मन्त्रीमाथि झुम्मिने ती महिला

मन्त्रीमाथि झुम्मिने ती महिला

कपन अनलाइन, २९ असार, २०७३
प्रधानमन्त्री कार्यालयभित्रै मोनिका लेविन्स्कीको खोजी र ओली सरकारका एकजना मन्त्रीलाई बिल क्लिन्टन बनाउने एउटा ठूलो घटनाबाट सबभन्दा हट्टाकट्टा मन्त्री जोगिएका छन् । गुटले काँक्रोझैँ चिरिएको एमालेभित्र एउटै गुटभित्र पनि एकले अर्कोलाई सिध्याउन कतिसम्मको हत्कण्डा रच्छन् भन्ने कुरा यो घटनाको दोषी पत्ता लाग्दासम्म छर्लङ्ग भएको छ ।

प्रधानमन्त्री कार्यालयमा स्वकीय अधिकृतको नियुक्ति पाएकी एकजना क्षत्रीकी छोरीलाई प्रयोग गरेर अविवाहित सञ्चारमन्त्री शेरधन राईलाई ‘सिध्याउने’ योजनामा प्रधानमन्त्रीले नै हस्तक्षेप गरेपछि दोषी पत्ता लागेको छ, खेलो पनि बिग्रिएको छ । प्रतिमा (नाम परिवर्तन) युवा संघसँग सम्बन्धित थिइन् । इमान्दार र अनावश्यक तडकभडकमा कतै नदेखिएकी ती युवतीको माग थियो, शेरधनले आफूलाई विवाह गर्नुपर्ने । आफूलाई फरक हाउभाउका साथ मन्त्रीले अफर गरेको, तर सोझै विवाह प्रस्ताव राख्न नसकेको प्रतिमाको भनाइ छ । बीचमा दुश्मन लागेर आफूहरुको प्रेम छुटाएको, तर उनको नाम जोडिएर आफू हुनुसम्म बद्नाम भइसकेको कारण अब शेरधनसँगै विवाह गर्नुबाहेक अर्को उपाय नभएको युवतीको ठहर छ । उनले शेरधनलाई यही आशयको एसएमएस पनि लेखिन् । तर, शेरधन त्यतिबेला छाँगाबाट खसेझैँ भए, जब चिन्दै नचिनेको मान्छेले आफूसँग यस्ता कुरा गर्दै लगातार म्यासेज लेख्छ † शेरधन आफैँ युवा संघका इञ्चार्ज पनि हुन् । सोधखोज गर्दै जाँदा पत्ता लाग्यो, उनी फलानी हुन् भन्ने कुरा । तर, पार्टी र संगठनभित्र यस्ता कृयाकलापमा कहिले पनि नमुछिएकी महिलाले एकाएक यस्तो काम गर्दा कुरा सुन्नेहरुले चित खाए । र, शेरधनले प्रधानमन्त्रीसँग भने, ‘मलाई यस्तो समस्या प¥यो । पुलिस लगाएर हुन्छ कि के गरेर हुन्छ, यो कुराको छिनोफानो लगाउनुप¥यो †’ उनले सबै एसएमएस प्रधानमन्त्रीलाई देखाए ।

प्रधानमन्त्रीले ती एसएमएसको एकप्रति हार्ड कपीमा मगाए । हिरो राजेश हमाललाई चितवनकी बालकुमारी अधिकारीले सात वर्षअघि पति दावी गर्दै प्रहरीमा उजुरी दिएकै शैलीमा ती युवती शेरधनलाई पति दाबी गर्दै थिइन् । प्रधानमन्त्रीले नै चासो लिएपछि प्रहरीले गोप्य रुपमा अनुसन्धान ग¥यो । ती युवतीसहित प्रधानमन्त्री कार्यालयमा कार्यरत सबै विज्ञ र स्वकीय सचिवहरुको मोबाइलको कल डिटेल्स लियो । युवतीको नम्बरबाट अन्तिममा १६७ र १४० भएका दुई मोबाइलमा अत्यधिक सम्पर्क भेटियो । त्यसमध्ये १६७ भएको नम्बर हो, ओली गुटकै नेता, घर भोजपुर नै भएका पूर्वमन्त्रीको र १४० भएको नम्बर हो, प्रधानमन्त्रीकहाँ जनसम्पर्क विज्ञको काम गर्ने महिलाको । यसमध्ये प्रधानमन्त्रीकै स्वकीय अधिकृतमा कार्यरत व्यक्तिले त्यहीँको जनसम्पर्क विज्ञसँग सम्पर्क गर्नु त स्वाभाविक होला, तर भोजपुरे पूर्वमन्त्रीसँगको कुराकानी स्वभाविक नदेखिने ठहर अनुसन्धानबाट भयो । एउटा कल डिटेल्समा ती युवतीले २२ सय ९८ सेकेण्ड, अर्थात् ३८ मीनेट तीन सेकेण्डसम्म लगातार कुरा गरेको प्रमाणित भएको छ ।

अनुसन्धानबाट खुलेका तथ्यसहित शेरधन फेरि प्रधानमन्त्रीकहाँ गए । प्रधानमन्त्रीले ती स्वकीय अधिकृतलाई असारको ५ गते, आइतबारदेखि उनले बुझ्नुपर्ने तलब सबै बुझाएर, सिंहदरबार र बालुवाटार छिर्न नपाउने गरी निकालिदिन जनसम्पर्क विज्ञलाई निर्देशन दिए । भोजपुरे नेता र जनसम्पर्क विज्ञलाई हप्काए, ‘तपाईंहरुले काम पाउनुभएन ? चाहिँदो कुरा नगरेर यो के–के गर्दै हुनुहुन्छ ?’ जनसम्पर्क विज्ञलाई त प्रमले ‘तिम्रो फोनबाट उसलाई फोन गयो भने, तिम्रो फोनमा उसको फोन आयो भने पनि ठीक हुने छैन’ सम्म भनेका छन् । यो घटनापछि शेरधनको मोबाइलमा म्यासेज जाने क्रम बन्द भएको छ । तर, युवती भने अझै पनि ‘न्यायका लागि’ पार्टी वरिष्ठ नेता माधव नेपालसँग भेट्न दौडधुप गर्दैछिन् । शेरधनले हिजो जनआस्थासँग भने, ‘ममाथि नियोजित रुपमा षड्यन्त्र हुँदै थियो । प्रधामन्त्रीज्यूको सहयोगले षड्यन्त्रकारी असफल भए ।’ वर्ष २२, अंक १९, २०७३ साल असा २९ गते बुधबारको जनआस्था साप्ताहिकले खबर छापेको छ ।

तपाइँको प्रतिक्रिया ।