कोठाभाडाबापत पुरस्कार ?

कपन अनलाइन, २८ असार, २०७३/
यता, चलचित्र विकास बोर्डका तर्फबाट बसुन्धरा भुसाललाई चलचित्र दीर्घ साधना सम्मानस्वरूप ३ लाख ५१ हजार १ सय ११ रूपैयाँसहित सम्मान गरिएसँगै गम्भीर प्रश्न सतहमा आएको छ ।

विकास बोर्डका अध्यक्ष, राजकुमार राई निर्माता संघका अध्यक्ष पनि हुन् । स्मरणीय छ, निर्माता संघको कार्यालय उनै बसुन्धरा भुसालको नक्सालस्थित घरमा रहेको छ । र यो घरको भाडा वर्षांैदेखि बक्यौता रहेको खबर बाहिरिरहेकै थियो । निर्माता संघले उक्त भाडा तिर्न नसकेपछि चलचित्र विकास बोर्डको तर्फबाट सम्मान गरी कोठाभाडाबापत पुरस्कार दिइएको चर्चाले सिने क्षेत्र गर्माएको छ । यो हल्लाबारे निर्माता संघकै एक जना पदाधिकारीसँग जनआस्थाले जिज्ञासा राख्दा उनले भने, ‘ए हो र ! त्यस्तो त होइन होला ? निर्माता संघलाई बदनाम गर्न चलाइएको हल्ला मात्र हो यो ।’  वर्ष २२, अंक १८, २०७३ साल असार २२ गते बुधबाको  जनआस्था साप्ताहिकमा खबर छापिएको छ ।

तपाइँको प्रतिक्रिया ।