अचम्म पो हुन थाल्यो त हौ

कपन अनलाइन, २७ असार, २०७३

अन्यत्र कहीँ–कतैबाट ‘दाल’ नगलेपछि चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा सरिता लामिछानेलाई नियुक्ति दिलाइछाड्न प्रकाश सुवेदीहरू कम्मर कस्सेर लागेका छन् । र, कतिसम्म भने अन्य कुनै कारणले विवादमा नमुछिएका भद्र स्वभावका अविवाहित सञ्चारमन्त्री शेरधन राई उनै सरिता लामिछानेका कारण विवादमा तानिएका छन् । यसकै पछिल्लो कडी हो, १८  गते  शनिबार आर्मी अफिसर्स क्लबमा विवादै विवादका बीच सम्पन्न ‘फान अवार्ड’मा प्रधानमन्त्रीदेखि सञ्चारमन्त्रीसम्म उभाइनु ।

केपी पाठकहरू ‘हाम्रो मान्छे समेटिएन’ भनी जताततै कालो झन्डा देखाउँदै थिए । यस्तो विवादित कार्यक्रममा सकेसम्म सञ्चारमन्त्री र प्रधानमन्त्री नजाउन् विवादमा परिएला भनेर सचेत गराउन खोजेको पनि हो पार्टीनिकट जनवर्गीय कलाकार संगठनले । तर, प्रकाश र सरिताको हारगुहारको अगाडि आफ्नै पार्टीको भ्रातृ संगठनका कुरा ‘एक कानले सुनाएर, अर्काे कानले उडाइदिए पछि के लाग्दो रहेछ र ? पार्टी र संगठनका लागि दिलो ज्यान दिएर लागेकाहरू विरक्त हुने नै भए ।

कसैको पृष्ठभूमि हेर्नु नपर्ने ? को कताको हो बुझ्नु पनि नपर्ने ? ‘सधँै चैते प्रवृत्ति देखाएर अवसर छोप्दै आएका मान्छे हुन् ख्याल गर्नु है’ भनेर सचेत गराइएको पनि हो ।
विकास बोर्डका अध्यक्ष राजकुमार राई ‘राई राई’को साइनो लगाउँदै त्यहीँ पुगे । सरिता लामिछानेहरू आर्मी अफिसर्स क्लबमा कलाकार संघको कार्यक्रममा झुल्किए । पञ्चायतकालभरि सञ्चारमन्त्रीका अगाडि प्रकाश सुवेदी र सरिता लामिछानेकै चकचकी । माओवादी सत्तामा छँदा तिनीहरू नै झन्डै झन्डै माओवादी, अवसरजति तिनकै पोल्टामा । मीनेन्द्र रिजाल सञ्चारमन्त्री छँदा ‘जय नेपाल’मा तिनकै उचो स्वर । त्यहीँबाट सेन्सर बोर्डका सदस्य पड्काए । अहिले एमालेको पोल्टामा सञ्चार मन्त्रालय परेको मौका छोपेर ‘एमाले हुँ’ भन्दै जनवर्गीय संगठनको सदस्यता टप्काए । अहिले यिनै प्रकाश सुवेदी चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा सरितालाई नियुक्ति दिलाउनुप¥यो भनी सञ्चारमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको चाकरीमा लागेका छन् । कतिसम्म भनिन्छ भने, ‘उनको नियुक्तिका लागि सबै पूर्वाधार तयार भइसकेका छन् । स्मरणीय छ, त्यो सदस्य पदको आकांक्षी उनै मीनेन्द्र रिजाल सञ्चारमन्त्री छँदा गलहत्याइएकी भूमिका सुब्बालाई यता अन्याय गर्न खोजिएको छ ।

श्रीमान्को सातो

यता, आइतबार उनै ऋषि लामिछानेलाई प्रधानमन्त्री कार्यालयमा एक सिनेकर्मीले थर्काएका छन् । यसरी उनलाई हकार्नुको कारणचाहिँ के रहेछ भने एमालेनिकट एक कलाकर्मीलाई श्रीमती सरिताले फोन गर्नु । चाकरी शैलीमा फोन गरेसँगै उनले खप्की खाएका हुन् । त्यसको भोलिपल्ट प्रधानमन्त्री कार्यालयमा ऋषिले आफ्नी श्रीमतीलाई थर्काएको विषयमा दुःखमनाउ गरेका रहेछन् । हो त्यही पछाडि ऋषिसँग तिनै निर्माता फायर हुँदै ‘तिमी जतिका खुरापातीले आँ गर्दा म अलंकार बुझ्छु, मलाई जिस्क्याउने काम नगर है’ भनेर हकारेसँगै ऋषि बाहिरिएका थिए । वर्ष २२, अंक १८, २०७३ साल असार २२ गते बुधबाको  जनआस्था साप्ताहिकमा खबर छापिएको छ ।

तपाइँको प्रतिक्रिया ।