जर्मनीको बर्लिनमा वामपन्थीको हिंसात्मक प्रदर्शन

जर्मनीको बर्लिनमा वामपन्थीको हिंसात्मक प्रदर्शन

ShowImage

कपन अनलाइन, २६ असार, २०७३

जर्मनीको राजधानी बर्लिनमा वामपन्थी समूहको प्रदर्शनका क्रममा आइतबार १२० सुरक्षा अधिकारी घाइते भएका र प्रदर्शनमा संलग्न ८६ जनालाई प्रहरी नियन्त्रणमा लिइएको यहाँको प्रशासनले बताएको छ । प्रहरीले प्रदर्शनलाई पाँच वर्ष यताकै सबैभन्दा आक्रामक र हिंसात्मक विरोध कार्यक्रम भएको बताएको छ ।

प्रहरीले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनकारीले सुरक्षाकर्मीलाई निशाना बनाई बोटल र ढुङ्गा प्रहार गर्दै गाडीहरुमो आगजनी गरेको बताएको छ ।करिब तीन हजार ५०० प्रदर्शनकारी एकसाथ राजधानी बर्लिनमा उपस्थित भई आन्दोलन सुरु गरेपछि बर्लिनमा एक हजार ८०० प्रहरी अधिकारी तैनाथ गरी आन्दोलन साम्य पार्ने पहल भएको प्रहरीले बताएको छ ।

फाइल फोटो

तपाइँको प्रतिक्रिया ।