अख्तियारमा शिक्षा क्षेत्रका उजुरी बढी

कपन अनलाइन /धनगढी, २४ असार ।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रका सबैभन्दा बढी ९२ वटा उजुरी परेका छन् ।
Dhangadi
बिहीबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चालु वर्षमा शिक्षापछि सङ्घीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका २६÷२६ उजुरी परेका छन् । सबैभन्दा कम अर्थ, सूचना तथा सञ्चार र कृषि विकास क्षेत्रका एक ÷एक उजुरी परेको जनाइएको छ ।

सुदूरपश्चिममा अख्तियारको कार्यालय स्थापना भएपछि हालसम्म जम्मा एक हजार ३६६ उजुरी परेकामा यीमध्ये ८६३ उजुरी पछ्र्यौट भएको र ४२५ उजुरी अनुसन्धानका क्रममा रहेका छन् । चालु वर्षमा ५०० भन्दा बढी उजुरी परेकामा ८० उजुरीको विस्तृत एवम् गहन अध्ययन भइरहेको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय, दीपायलका प्रमुख मित्रलाल रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यालयका प्रवक्ता विष्णुसिंह बिष्टले भ्रष्टाचार न्यूनीकरणका लागि थुप्रै प्रयास भइरहेको भए पनि उजुरीको सङ्ख्यामा कमी आउन नसकिरहेको बताउनुभयो । कार्यक्रमका वक्ता राजनीतिक दलका प्रतिनिधिले अख्तियारले बिनापूर्वाग्रह निष्पक्षरुपमा आफ्नो काम गर्नुपर्ने सुझाव दिएका थिए । रासस

तपाइँको प्रतिक्रिया ।