सशाङ्क कोइरालाको स्वास्थ्य सुधारोन्मुख

sasanka-koirala

कपन अनलाइन, २४ असार, २०७३

नेपाली कांग्रेसका महामन्त्रि सशाङ्क कोइरालाको स्वास्थ्य अवस्थामा सुधारोन्मुख रहेको बताइएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेताहरु उनी रहेको ओम अस्पतालको कक्षमा पुग्दा उनको अवस्था राम्रो हुने क्रममा रहेको बताएका छन् । नेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू भेट्न जाँदा कोइराला हात मिलाउन हात दिए जस्तो गरे भन्ने बताएका छन् । त्यसैगरी कोइराला पत्नी सुपात्रालाई भेट्दा आँशु निकालेको कुरा सार्वजनिक भएको छ भने उनका सहयोगी गोपाल तिवारीले पनि आँखाबाट आँसु निकाले पुष्टि गरेका छन् । ओम हस्पिटलले प्रकाशित गरेको पछिल्लो बुलेटिनमा कोइरालाको शरिरमा अक्सिजनको मात्रा कमि रहेका बताएको छ । बेलुकी छ बजे कोइरालाको स्वास्थ्य अवस्थाबारे अस्पतालले अर्काे बुलेटिन सहित पत्रकार भेट गर्ने बताइएको छ । कोइराला २२ गते शरिरमा असहजता महशुस भएर ओम हस्पिटल ल्याइएको थियो । २२ गते राति देखि उनी अचेत अवस्थामा रहेकोमा आज केही चेतना खुलेको बताइएको छ । कोइराला निमोनियाले ग्रस्त भएको ओम हस्पिटलले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।