बुनपामा पेश्कि फस्र्यौट विषयमा राजनीति दलहरु किन मौन ?

बुनपामा पेश्कि फस्र्यौट विषयमा राजनीति दलहरु किन मौन ?

कपन अनलाइन, २४ असार, २०७३/सम्पादकीय

Sampadakiya _kapanonline

साविक ६ वटा गाविसहरु मिलेर बनेको बुढानिलकण्ठ नगरपालिका कार्यालयमा साविक गाविसहरुको १ करोड पेश्कि फस्र्यौट हुन नसकेको तथ्यांक रहेको छ । पूर्व गाविस हुँदा विकास निर्माणमा बजेट लिएर पेश्कि फस्र्यौट नगरेका नामहरुमा कतिपय व्यक्तिहरुमा ८० प्रतिशत प्रत्यक्ष राजनीतिक दलहरुसँग सम्बन्धित व्यक्तिहरु छन् । कपन अनलाइनमा प्राप्त नामावलीहरुलाई अध्ययन गर्दा ती व्यक्तिहरुमध्ये कतिजनाले नगरपालिका बनिसकेकपछि पनि विकास निर्माण शीर्षकमा रकम लिएका छन् । राजनीतिक दलहरुसँग सम्बन्धित भएका ती व्यक्तिहरु राजनीतिक दलकै धाकधम्कीमा पुन बजेट लैजान सफल भएका छन् भने कतिपय साविक गाविस हुँदा पेश्कि लिएर फस्र्यौट नगरेका व्यक्तिहरुका प्रतिनिधित्वमा आगामी साउनबाट बाँडिने बजेट परेको छ ।

Collages2

यसरी पेश्कि फस्र्यौट नगर्नु आफै सरकारी रकमको दुरुपयोग वा भ्रष्टाचारीको समूह पर्नु हो । यसबाट ती व्यक्तिले प्रतिनिधित्व गर्ने पार्टीलाई पनि राजनीतिकरुपमा बेफाइदा हुनेछ । बुनपा बनेको डेढ वर्ष बतिसक्दा साविक गाविसमा विकास निर्माणलगायतका शीर्षकमा रकम लिएर फस्र्यौट नगर्नेहरुहरुको डाटा नगरपालिकामा भए पनि सहजीकरण समितिमा बसेका सबै पार्टीका प्रतिनिधिहरुले यो विषय नगरपालिकामा एकपटक पनि उठाएका देखिदैन । नगरपालिकाको सहजीकरण समितिमा यस क्षेत्रमा मै हुँ भन्ने नेताहरुले नै प्रतिनिधित्व गरिरहँदा उनीहरुले यो विषयलाई प्राथमिकतामा नराख्नु वा उनीहरु मौन रहनुलाई संयोग मात्र हो भन्नु गलत देखिन्छ । दलहरुले थोरैमात्र सक्रियता देखाए पो पेश्कि २ महिनाभित्र ७५ प्रतिशत फस्र्यौट हुने निश्चित देखिँदासमेत पेश्कि फस्यौट विषयमा आजसम्म एक आवाजमात्र नउठ्नु निश्चय नै दालमा केही कालो छ भन्ने उखान सार्थक हुने अवस्था आउन सक्छ ।

त्यसैले नगरपालिकाको तथ्याांकमा रहेका पेश्कि फस्र्यौट नभएका लिस्टमा आफ्ना पार्टीका व्यक्तिहरु छानेर सबै पार्टीले थोरै पहल गरे भने भ्रष्टाचारसँग सम्बन्धित रहने यो विषयले राजनीतिक दलहरुलाई आक्षेप लाग्दैनथ्यो । यतिखेर बुढानिलकण्ठ नगरपालिकामा भविष्यका लागि केही गर्ने सक्ने भन्ने आश गरिएका विश्वराज मरासैनी कार्यकारी अध्यक्ष छन् । मरासैनीले पेश्कि फस्र्यौटसम्बन्धि विषय उठाउने अनि यो विषयमा नगरपालिकामा सहजीकरण समितिमा केही गर्न सक्ने व्यक्तिका रुपमा देखिएका रविन अधिकारी, विदुरविक्रम खड्का,राजाराम सिलवाल, श्याम केसी, सिला लामा, राजाराम बुढाथोकी आदिले सहयोग पुर्याउने हो भने नगरपालिकामा बजेटको दुरुपयोगको सम्भावना न्यून हुनेछ ।

तपाइँको प्रतिक्रिया ।