सामाजिक सञ्जाल सगुन लगानीकर्ता खोज्दै

सामाजिक सञ्जाल सगुन लगानीकर्ता खोज्दै

कपन अनलाइन /काठमाडौँ, १६ असार ।

नेपाली लगानीमा अमेरिकामा स्थापित सामाजिक सञ्जाल सगुन डटकमले कम्पनीको पहिलो चरणको निष्कासन (आइपिओ)मा इच्छुक तथा योग्य लगानीकर्ताका लागि लगानीको अवसर खुल्ला गरेको छ ।

s3
वासिङ्टन डिसीमा प्रधान कार्यालय रहेको सगुनले लगानी गर्न चाहने योग्य लगानीकर्तालाई कम्तीमा पाँच हजार र बढीमा १८ हजार अमेरिकी डलर लगानी गर्ने अवसर प्रदान गरेको सगुनको नेपाल कार्यालयले बुधबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ ।

“प्रयोगकर्तामाझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताले भोग्नुपर्ने नकारात्मक अनुभव हटाउनका लागि हामी लागिपरेका छौँ”, अमेरिकाबाट नेपाली पत्रकारसँग कुरा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले भन्नुभयो ।

उहाँले विश्व बदल्ने लक्ष्य लिएको सगुनमा सार्वजनिक सहभागिता जनाएर सहकार्य गर्न लगानीको मौका प्रदान गरिएको र यसका लागि कानुनीरुपमा बाटो खोलिदिएकोमा युएस जब्स एक्टलाई धन्यवाद दिनुभयो ।

विश्वब्यापी रुपमा फैलिएको सामाजिक सञ्जाल सगुनले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउडफन्डिङ पहलमा बैंकरोलमार्फत अवसर प्रदान गरिरहेको कम्पनीले जनाएको छ । सेयर खरिदबाट आएको पुँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषता बढाउँदै जाने र मोबाइल एपको सुरुवात गरिनेछ । रासस

तपाइँको प्रतिक्रिया ।