सांसद कार्यालयले मित्रपार्क ओरालोको बाटो सफा गर्यो

सांसद कार्यालयले मित्रपार्क ओरालोको बाटो सफा गर्यो

Downloads

कपन अनलाइन, १५ असार, २०७३

काठमाडौं महानगरपालिका वडा नं ७ मित्रपार्कमा सडक चौडा पार्ने क्रममा एउटा घरको पर्खाल सरकारले भत्कायो। भत्किएको पर्खाल घरधनिले  निर्माण गरे । तर भत्किँदा र पुन: निर्माणको हुँदा निस्किएको फोहोर भने सडकमै अलपत्र छाडे । घरधनिले त्यो फोहोर व्यवस्थापनको जिम्मेवारी सडक वा नगर विकासको हो भन्ने ठाने। सडक र नगर विकासले पनि तत्काल त्यसलाई हटाउनु पर्छ भन्ने सायद ठानेनन्। दैनिक सयौं मानिस त्यही फुटपाथ भएर हिड्ने क्रममा मित्रपार्कको ओरालोमा रहेको यो बाटोमा घरबाट निक्लिएको फोहरले गारो पारेको थियो । ओरालो-उकालो बाटो बाट हिँड्दा  दुर्घटनाका सामान्य दृष्यसमेत देखिन थालेको थियो । तथापि सम्बन्धित निकायको ध्यान जान सकेको थिएन ।

क्षेत्र नं ४ का सांसद गगन थापा कामबस यो बाटो हिँड्ने क्रममा  मानिसहरुलाई आवत जावतमा परेको अफ्ट्यारो देखेपछि त्यसलाई तत्काल आफ्नै कार्यालयबाट सफा गर्न जुटे । क्षेत्र नं ४ सांसद कार्यालयमार्फत थापाले सम्पुर्ण सरकारी निकायमा पहल गरे । तर महानगरसँग उक्त कामको लागि बजेट नभएको गुनासो र अन्य सरकारी निकायमा यस्तो प्रवृत्तिको काम कसले गर्ने भन्ने दायित्वको बाँडफाँड नै नभएको भन्ने अन्यौलपूर्ण जवाफ आएपछि अन्ततः सांसदको कार्यालयले रातको समयमा केही स्वयंसेवकहरु र आफ्नै कर्मचारीहरू खट्ने अवस्था बनाएर  त्यो भग्नावशेष उठाएर फ्याक्ने काम भएको छ । भग्नावशेष हटेपछि आवतजावत सहज बनेको छ ।

तपाइँको प्रतिक्रिया ।