राष्ट्रिय धान दिवस, काम शून्य कुरो र फोटोमा मात्र सिमित

राष्ट्रिय धान दिवस, काम शून्य कुरो र फोटोमा मात्र सिमित

biu

काठमाडौँ, १४ असार, २०७३/सम्पादकीय/केशवराज पाठक

नेपालमा असार १५ गते  दिन राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको ह ५ । धानलाई नेपालको प्रमुख बालीको रूपमा लिइन्छ । नेपालको अर्थतन्त्रमा धानको भूमिकालाई उच्च मूल्यांकन गरिने गरिएको छ । नेपालको कूल ग्राहस्थ उत्पादनको ७ प्रतिशत धानले ओगट्ने गरेको तथ्यांक छ भने  कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशतमा धानबालीको योगदान रहने गरेको बताइन्छ ।

नेपालको पुगनपुग करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यद्यपि युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा प्रचुर जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीकरण, आकासे खेतीमा परनिरर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद्य एवम् कृषि अनुदानको राम्रो व्यवस्था नहुनुका कारण नेपाली कृषि प्रभावित भएकाले वर्षौनी धानको उत्पानमा ह्रास आएरहेको छ ।  कृषिप्रति  सरकारी  सोच बोलिमा मात्र सिमित हुनु, दीर्घकालिन योजना नहुनु, विकासप्रतिको उदासिनताले नेपाली कृषिको भविष्य नै अन्धकार भन्नेहरूको संख्यामा बढोत्तरी हुँदैछ ।

नेपाली कृषि पछिल्ला समयमा ग्लामरको विषय जस्तै बनेको छ । मानिसहरू कृषितिर आवेगपूर्ण आकर्षित भएका छन् तथापि धानजस्तो महत्वपूर्ण बालीमा त्यो आकर्षण शून्य छ ।  जुन नेपाली माटोमा संभावनाको शिखरमा छ त्यो बालीप्रति आकर्षण छैन जुन काम गर्दा के हुन्छ पत्तो छैन त्यसमा मानिसको आकर्षण देख्दा कृषिको भविष्यमाथि जानकारहरू चिन्तित भएको पाइन्छ ।

कृषिमा सरकारी उदासिनता तथा अत्यन्त हावादारी र प्रचारमूखी सोचका कारण धानजस्ता बाली नेपालमा लोपोन्मूख अवस्थामा पुग्ने क्रममा छ । वर्षको एकदिन धान महोत्सवमा मन्त्रि, कर्मचारी तथा एनजिओका प्रतिनिधिहरूले हिलोमा खुट्टा हालेर धान बालीको स्तरन्नोति हुने अवस्था छैन । असार १५ का दिन लावास्कर लागेर हिलोमा फोटो खिच्ने दिवशको रूपमा धान दिवश परिणत हुनु नेपाली कृषिको दुर्भाग्य हो ।

तपाइँको प्रतिक्रिया ।