फुटभलीमा नेपालले भारतलाई हरायो

Footvaliकपन अनलाइन, १२ असार, २०७३

तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिमा नेपालले भारतालाई २-० ले पराजित गर्दै स्वर्ण पदकका साथ ट्रफी हात पारेको छ ।मैत्रीपूर्ण फुटभली प्रतियोगितामा नेपालले वेष्ट अफ थ्रि खेलमा २०-१८ र १८-१४ले भारतलाई पराजित गरेको हो ।  बालुवामा खेलिने यो खेल हातको सट्टा खुट्टाको प्रयोग गरिन्छ। यो खेलमा १८ अंकमा खेल समाप्त हुने भएता पनि बिजेता हुन दुई अंकको फरक अनिवार्य हुनेछ ।

अमेरिकन मुलुक ब्राजिलबाट सुरु भएको फुटभली दक्षिण एशियामा नौलो खेल  हो ।  उक्त खेललाई दक्षिण एशियामा विकास विस्तार गर्ने उद्धेश्यले नेपाल आएको दक्षिण एशियाली फुटभली महासंघका प्रतिनिधी तथा भारतीय फुटभली संघको टोलीले नेपालमा मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो । नेपाल फुटभली संघका अध्यक्ष मनिष ‘राम’ जोशी हुन् भने राजु बिक्रम थापा नेपाली टिमका प्रशिक्षक हुन्  ।

(फोटो:अनलाइनखबरडटकम)

तपाइँको प्रतिक्रिया ।