ड्रिम्स’ पाइरेसी हुँदा  नायक भुवन  केसीलाइ  एक करोड घाटा भएको दाबी

ड्रिम्स’ पाइरेसी हुँदा  नायक भुवन  केसीलाइ  एक करोड घाटा भएको दाबी

bhuwan_kc2

कपन अनलाइन /काठमाडौं, २२ जेठ । 

नायक भुवक केसीले  निर्देशन गरेको नेपाली चलचित्र  ‘ड्रिम्स’  पाइरेसी हुँदा  के.सी.लाई  १ करोड घाटा लागेको जनाएका छन् । नायक केसीले हाइलाइट्स नेपाल प्रालिसँग फिल्म युट्युवमा राख्नका लागि सम्झौता गरेका थिए । तर हाइलाइट्स नेपाल प्रालिबाट सार्वजनिक हुनु पहिले नै चलचित्र  युट्युवमा आएपछि नायक केसीले प्रहरीमा उजुरी गरेका थिए । करिब एक साता लामो अनुसन्धानपछि महाशाखाले पाइरेसी  गर्ने २ जनालाई  पक्राउ गरेको छ  ।

हाईलाइट्स नेपाल प्रालिका कर्मचारी बिधान गुरुङ र पूर्व कर्मचारी चन्द्र नवजुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गुरुङले उक्त फिल्म नवजुलाई दिएका थिए । नवजुले युट्युवमा फिल्म अपलोड गरेका हुन् ।

पक्राउ परेकालाई प्रहरीले प्रतिलिपि अधिकार संरक्षण ऐनअनुसार कारबाही गर्ने भएको छ । जसअनुसार ६ महिनासम्म कैद तथा एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । साथै पीडितको मागअनुार क्षतीपुर्ती समेत दिर्नुपर्ने प्रावधान छ । जसमा  केसीले आफुलाई  एक करोड घाटा भएको दाबी गरेका छन् ।

फोटो साभार : www.xnepali.net बाट

तपाइँको प्रतिक्रिया ।