टुँडिखेलमा साकेला नृत्य

टुँडिखेलमा साकेला नृत्य

24122015042225Udhauli_01-600x0-1

कपन अनलाइन, काठमाडौँ, २२ जेठ, २०७३

विभिन्न जिल्लाबाट काठमाडौँ आइबसेका किराँतीले स्थानीय टुँडिखेलमा आज ‘साकेला नाच’ नाचेका छन् । प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नृत्य गरे । गर्मी महिनामा सर्वसाधारण मानिस तथा विभिन्न जीवजीवात्मा, चराचुरुङ्गीले शीतलताका लागि उँधो÷उँधो बासस्थान परिवर्तन गर्ने भएकाले उधौली तथा बिरुवा पलाउने तथा टुसाउने समयमा उभौली नाच नाचिन्छ । किराँत समुदायले मुलुकमा बालीनाली राम्रो होस्, अतिवृष्टि, अनावृष्टि भई अनिकाल नहोस् भनी यस्तो नाच गर्ने गर्छ ।

किराँत राई यायोक्खाका उपाध्यक्ष दिवस राईले उक्त नाचको उद्घाटन गर्दै प्रथम किराँती राजा यलम्बरदेखि ३२ पुस्तासम्म काठमाडौँमा शासन गरेका किराँत वंशको अहिले ऐतिहासिक परम्परा हराउँदै गएको बताउनुभयो । किराँत राई यायोक्खा काठमाडौँका अध्यक्ष दिलीप वान्तवाले उहाँले विश्वमा बसेका सम्पूर्ण किराँतीले आजको दिन साकेला नाचेको बताउनुभयो । करिब पाँच हजारभन्दा बढी महिला तथा पुरुष उक्त कार्यक्रममा सहभागी थिए । रासस

(फाइल फोटो)

तपाइँको प्रतिक्रिया ।