सबै विद्यार्थी संगठनहरूद्वारा विद्यालय शुल्क निर्देशिका कार्यान्वयन गर्न माग

सबै विद्यार्थी संगठनहरूद्वारा   विद्यालय शुल्क निर्देशिका कार्यान्वयन गर्न माग

Nepali-Student-650x366

कपन अनलाइन,काठमाडौँ, १२ जेठ, २०७३

नेवि सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल क्रान्तिकारीलगायत १४ विद्यार्थी सङ्ठनले संयुक्तरुपमा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कार्यान्वयन नगर्ने विद्यालयलाई कारबाही गर्न माग गरेका छन् । ती विद्यार्थी सङ्गठनले संयुक्तरुपमा आज यहाँ पत्रकार सम्मेलन गरी काठमाडाँै, ललितपुर र भक्तपुरका १३ विद्यालयलाई कारबाही गर्न शिक्षा मन्त्रालयसित माग गरेका हुन् ।

विद्यार्थी सङ्गठनले रातो बङ्गला, डिएभी, लिटिल एन्जेल्स, आइडियल मोडेल, जेम्स, वृहस्पति, सिद्धार्थ वनस्थली, ग्यालेक्सी, एसएवि, अक्सिडेन्टल, मातृभूमि, राजश्री गुरुकुल लगायतलाई कारबाही गर्न माग गरेका हुन् । नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले दिनुभएको जानकारी अुनसार ती विद्यालयमा अनुगमन गर्दा आर्थिक अपारदर्शी भएको पाइएको, कक्षा १ मा अधिकतम ३० हजारभन्दा बढी शुल्क उठाइएको, छात्रवृत्ति अनियमिता तथा अपारदर्शी भएको, अनावश्यक शीर्षकमा शुल्क लिइएको पाइएको, भौतिक संरचना मापदण्ड विपरित पाइएको जानकारी दिनुभयो । सो निर्देशिकालाई तत्काल कार्यान्वयन गर्न आजै शिक्षामन्त्री गिरीराजमणि पोखरेलको ध्यानाकर्षण गराइने प्रवक्ता लामिछानेले जानकारी दिनुभयो । रासस

(फाइल फोटो)

तपाइँको प्रतिक्रिया ।