मेलम्चीबाट काठमाडौँमा दैनिक १७ करोड लिटर पानी आउने

मेलम्चीबाट काठमाडौँमा दैनिक १७ करोड लिटर पानी आउने

  melamchi

कपन अनलाइन, काठमाडौँ, १२ जेठ, २०७३

खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा ल्याउन सकिने जनाएको छ । उक्त परियोजनाबाट काठमाडौँ उपत्यकामा पानी आउन सुरु भएपछि यहाँको बढ्दै गएको पानीको मागलाई पूरा गर्न सकिनेछ । अहिले दैनिक करिब २६ करोड लिटर पानीको माग भए पनि आठ करोड लिटर मात्र आपूर्ति हुने गरेको छ । सर्वसाधारणले काठमाडौँ उपत्यका तथा नजिकका नदी, खहरे, खोलालगायत स्थानबाट ट्याङ्करमा आयात र जमिनमुनिको स्रोतबाट नपुग पानीको व्यवस्थापन गरेका छन् ।

मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद सुवेदीले करिब एक दशकभन्दा लामो समयदेखि जारी आयोजना अब एक वर्ष भित्रमा सम्पन्न गर्ने गरी संरचना निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँले मेलम्चीको सुरुङ्ग बलियोसँग निर्माण गर्नका लागि सुरुङ्ग क्षेत्रका विभिन्न स्थानमा दक्ष र अनुभवी प्राविधिक जनशक्तिले छिटो र छरितो कार्य गरिरहेको बताउनुभयो । रासस
––––––

तपाइँको प्रतिक्रिया ।