१५औँ राष्ट्रिय हिन्दी सम्मेलन जेठ २९ गते

१५औँ राष्ट्रिय हिन्दी सम्मेलन जेठ २९ गते

कपन अनलाइन,जनकपुरधाम, १२ जेठ, २०७३

१५औँ राष्ट्रिय हिन्दी सम्मेलन यही जेठ २९ र ३० गते जनकपुरमा हुने भएको छ । जनकपुर बौद्धिक समाजद्वारा आयोजना हुने सो सम्मेलनमा यस वर्षको राजर्षि जनक प्रतिभा पुरस्कार नवलपरासी रामग्रामका ८० वर्षीय डा कौशलेन्द्र श्रीवास्तवलाई प्रदान गरिने भएको छ । सो पुरस्कारमा रु ५५ हजार ५५१ नगद र कदर पत्र रहेको छ । समाजका अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले १५ जना स्रष्टालाई सम्मान गर्ने निर्णयसमेत गरेको छ । सम्मान गरिने स्रष्टामा विराटनगरका प्रकाश राय, राजविराजका आभास सेतु सिंह, सिरहाका नथुनी सिंह दनुवार र लक्ष्मण यादव, जनकपुरका रामायणी नारायणी शरण, शिवशङ्कर दास, विमला विहारी, पवन सिङ्घानिया र अभय शर्मा, महोत्तरीका पण्डित कैलाश मिश्र, बलराम शर्मा र चन्देश्वर राय, सर्लाहीका वीणा सिन्हा, नवलपरासीका सहप्राध्यापक कैलाश महतो र नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक पुनम झा रहनुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।