गोसाइँकुण्ड जात्राका लागि धमाधम पैदल मार्ग निर्माण हुँदै !!!

गोसाइँकुण्ड जात्राका लागि धमाधम पैदल मार्ग  निर्माण हुँदै !!!

2013-07-11-08-16-06_5--Gosainkund-Lake-!!-(2)-s

कपन अनलाइन, धुन्चे (रसुवा), ११ जेठ, २०७३

गोसाइँकुण्ड जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सुरु गरिएको पैदल मार्ग निर्माण कार्य धमाधम अगाडि बढेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले स्याफ्रु गाविसको तिवारी खोला नदी किनारमा सो पैदलमार्ग बनाउन लागेको हो । यो मार्ग निर्माणसँगै गोसाइँकुण्ड जाने हजारौँ तीर्थयात्री र पर्यटकलाई यात्रामा सहज हुनेछ ।

आयोजनाको कार्यक्रम संयोजक गौतम पौडेलका अनुसार कुण्ड जाँदा उकालो लाग्ने प्रवेशद्वारमै भिर भएको र त्यस भिरबाट हिँड्न असहज भएका कारण नदी किनारको कुनाबाट ग्याबिन तारको जालीमा ढुङ्गा भरी नयाँ पैदलमार्ग निर्माण गर्न लागिएको र हालसम्म ५० प्रतिशत कार्य पूरा भएको छ । सो पैदलयात्रा यही महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढी रहेको अबका दिनमा गोसाइँकुण्ड जाने सबै यात्रु उच्च मनोबलका साथ सहजरुपमा हिँड्न सक्नेछन् । रासस

तपाइँको प्रतिक्रिया ।