युवा एकिकरण क्लबले आज विशेष कार्यशाला गोष्ठी गर्दै

युवा एकिकरण क्लबले आज विशेष कार्यशाला गोष्ठी गर्दै

13211216_10206351277166063_1257376624_o

कपन अनलाइन, जेठ ८, २०७३

कपनका खेलकुदको क्षेत्रमा विभिन्न गतिबिधि गरिरहेको युवा एकिकरण युवा क्लबले आज खेलकेदको संभावना,विकास, समस्या र समाधान विषयमा विशेष कार्यशाला गोष्ठी आयोजना गर्दैछ । बिहान ७.३० बजेदेखि अपरान्ह ३.३० बजेसम्म बुनपा १४ स्थित साम्भला रिसोर्टमा आयोजना हुने कार्यक्रममा खेल क्ष्ोत्रका बिभिन्न व्यक्तिहरुका साथै स्थानीय क्लब तथा सरोकारवाला पक्षहरु सहभागि रहने क्लबका अध्यक्ष विष्णु भट्टराईले बताएका छन् ।
विशेषगरेर बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा खेलकुदको संभावना तथा विकासका बारेमा यो कार्यशाला गोष्ठीले फलदायी निष्कर्ष निकाल्ने प्रयास गर्ने अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा सांसद गगन कुमार थापा, बुनपा कार्यकारी अधिकृत विश्वराज मरासैनी, जिल्ला खेलकुद विकास समितिका ध्रुवराज न्यौपाने, समाजसेवी राजनीतिज्ञ रविन अधिकारीलगायतका व्यक्तिहरुको सहभागिता रहने जानकारी पनि उनले दिए ।

तपाइँको प्रतिक्रिया ।