आज १ बजे चुनिखेल, गाम्चामा ड्रायगन युवा क्लबको विशेष कन्सर्ट

आज १ बजे चुनिखेल, गाम्चामा ड्रायगन युवा क्लबको विशेष कन्सर्ट

13214790_1106871259370416_976105335_o

कपन अनलाइन, जेठ ८, २०७३

बुनपा १७ स्थित चुनिखेल, गाम्चामा आज विशेष कन्सर्ट हुँदैछ । स्थानीय प्रसिद्ध ड्रायगन युवा क्लबले आयोजना गर्न लागेको कन्सर्टमा नेपाल प्रसिद्ध कलाकारहरुले आफ्नो कार्यक्रम प्रस्तुत गर्दैछन् । चुनिखेलकै इतिहासमा विशेषखालको कन्सर्ट आयोजना गर्ने क्रममा ड्रायगन युवा क्लबले स्थानीय फुटबल मैदानमा दिनको १ बजेबाट सो कार्यक्रम आयोजना गर्नेछ । कार्यक्रममा अविनाश घिसिङ, प्राश्ना शाक्य, भरत सिटौला, रेश्मा सुनुवार, शौरव शर्मा, शशिविक्रम थापालगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएकोछ । कार्यक्रममा यस भेकका स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ छ । कार्यक्रमलाई बुढानिलकण्ठ नगरपालिकाकै महत्वपूर्ण र अर्थपूर्ण कार्यक्रम बनाउने तयारी भएको आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।