सानै उमेरमा मार्क ३ चलाउँदै सरोज !!!

सानै उमेरमा मार्क ३ चलाउँदै  सरोज !!!

कपन अनलाइन, जेठ ८, २०७३

युवाहरूको रूचि तथा आकर्षण भिन्न भिन्न विषयमा हुने गर्छ । युवा हुँदैमा एकैखाले  विषयप्रति उनीहरूको लगाव हुन्छ भन्ने परम्परागत धारणा नेपाली समाजमा भए पनि सानै उमेरमा आजका युवाहरूले फरक विषयमा आफ्ना क्षमतालाई प्रष्फुटन गरिरहेका हुन्छन् । बुनपा १२ बस्ने सरोज बैजु यस्तै फरक विधामा आफूलाई गतिशील बनाउँदै छन् । फोटोग्राफीले तानेको छ सरोजको मनलाई । १९-२० वर्षे कलिला यी किशोर यतिखेर मंहगो डियसयलआर क्यामरा बोकेर फुर्सदको बेला फरकफरक स्थानतिर भेटिन्छन् ।  फोटोग्राफी बजारमा कमैले बोक्ने 5D Mark III  बोकेर हिँडेका यी किशोरलाई देखेर नेपाल घुम्न आएका विदेशी पनि एकछिन एकटकले हेर्छन् । काठमाडौँ कै एक कलेजमा  साइन्स पढ्दैछन् सरोज । फोटोग्राफीचाहिँ अहिलेलाई मात्र सोख हो, सरोजले भने । उमेरसँगै कुनै दिन पेशा बन्न सक्यो वा मन लाग्यो भने छुट्टै कुरा तर अहिले आफ्नो फोटोग्राफी सोखमात्र हो, थपे सरोजले । काठमाडौँमा फोटोग्राफी सिकाउने नामी संस्था र व्यक्तिसँग उनले केही समय व्यवसायिक फोटोग्राफी सिकेका पनि छन् ।  फोटोग्राफी र पढाइको अलावा संगीतका क्षेत्रमा पनि संलग्न छन् सरोज, राम्रो ड्रमसेट बजाउँछन् । 

हालै उनले बौद्ध र पशुपतिमा  खिचेका केही तस्वीरहरू:

13224083_1738074889770533_1360972372_o 13230886_1738074823103873_1881254937_o 13262658_1738074926437196_1765074020_o 13271885_1738074839770538_1860177538_o

13271459_1738074846437204_1844601219_o

तपाइँको प्रतिक्रिया ।