सदाबहार खेलकुद समाजले जेठ १८-२२ मा राष्ट्रिय ह्यान्डबल प्रतियोगिता गर्ने

सदाबहार खेलकुद समाजले जेठ १८-२२ मा राष्ट्रिय ह्यान्डबल प्रतियोगिता गर्ने

Desktop23

कपन अनलाइन, जेठ ४, २०७३

बुढानिलकण्ठ नगरपालिकामा रहेको सदाबहार खेलकुद समाजले  जेठ १८ देखि २२ गतेसम्म राष्टिय ह्यान्डबल प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंको उत्तरी भेकमा खेलकुदका क्षेत्रमा थुप्रै राष्ट्रिय प्रतियोगिता गरेर चर्चामा रहेको यस संस्थाले नेपालम खेलिने खेलहरुमध्ये अत्यन्त सम्भावना भएर पनि अगाडि बढ्न नसकेको ह्यान्डबल खेलको राष्ट्रिय प्रतियोगिता गरेर प्रचारप्रसार गर्ने हेतुले आयोजना गर्न लागेको संस्थाका अध्यक्ष होमनाथ तिमिल्सिनाले बताए । प्रतियोगिताको नाम प्रथम वीर गणेशमान सिंह स्मृति राष्ट्रिय महिला तथा पुरूष ह्यान्डबल प्रतियोगिता रहने पनि उनले बताए ।

नेपाली सेना, पुलिस र सशस्त्र प्रहरीका टिमसहित राष्ट्रियस्तरका टिम सहभागि हुने कार्यक्रम कपनको ह्यान्डबल मैदानमा आयोजना गरिने छ । सो कार्यक्रम तयारीका लागि बिभिन्न समिति बनाएर काम शुरु भएको पनि अध्यक्ष तिमिल्सिनाले बताए । कार्यक्रमको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरिनेछ भने जेठ १८ गते कार्यक्रमको उद्घाटन तथा जेठ २२ गते समापन गरिनेछ ।

तपाइँको प्रतिक्रिया ।