ह्यान्डबल मैदान अन्तक्रिया मिठाराम अधिकारीप्रति कटाक्षमात्र भयो, निष्कर्षहिन सकियो

ह्यान्डबल मैदान अन्तक्रिया मिठाराम अधिकारीप्रति कटाक्षमात्र भयो, निष्कर्षहिन सकियो

IMG_9690

कपन अनलाइन, जेठ ४, २०७३

काठमाडौं जिल्ला खेलकुद विकास समिति र बुढानिलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद समितिले आयोजना गरेको एक अन्र्तक्रिया कार्यक्रम यस क्षेत्रका स्थानीय नेता मिठाराम अधिकारीबिरुद्ध कटाक्ष कार्यक्रमको रुपमा परिणत भएको छ । कपन भिलेज रिसोर्टमा आयोजना गरिएकोे सो कार्यक्रमको सुरुवातमा अधिकारीले कपनमा रहेको ह्यान्डबल मैदानमा भएका गतिबिधिको आफू जिम्मेवार नहुने बताएपछि कार्यक्रमलाई पूर्णतः अधिकारीलाई कटाक्ष गरेर सकिएको हो ।

कपनमा चिरपरिचित ह्यान्डबल मैदानमा विगत दुईवर्षभित्र माटोको ढिस्को खसेर दुईजनाको मृत्यू हुँदा तथा सो मैदान भएका अरु बिभिन्न गतिबिधिको बारेमा नेपाल ह्यान्डबल संघले जिम्मा नलिने बताएपछि कार्यक्रममा उनको बिरोध भएको हो । अन्र्तक्रिया कार्यक्रमको शुरुमा १२ मिनेट बोल्दै अधिकारीले १४ वर्षमा धेरै प्रयास गरे पनि ह्यान्डबल मैदानलाई ह्यान्डबल संघको भोगाधिकारभित्र ल्याउन नसकेकोले सो क्षेत्रमा भएका सबै गतिबिधिको संघले जिम्मा नलिने बताएका थिए । अधिकारीले यसरी जिम्मा नलिने बताएपछि कार्यक्रममा सहभागिहरुले ह्यान्डबलका नाममा बिभिन्न गतिबिधि गर्ने, देशकै एकमात्र ह्यान्डबल मैदान भन्ने, सोही मैदानको नाममा ५० औँ लाख रकम बिभिन्न शीर्षक उपशीर्षकमा खर्च गर्ने अनि समस्या देखिएपछि आफ्नो भोगाधिकार छैन भनेर भन्ने विषयलाई जोडदाररुपमा उठाएका थिए । यसरी आवाज उठाउनेहरुमा स्थानीय क्लबहरुसहित सामाजिक तथा राजनीतिक क्षेत्रका सक्रिय व्यक्तिहरु थिए ।

अधिकारीले यसरी जिम्मा नलिने भनेपछि कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासैनीले जिम्मेवारीबाट पन्छिन नहुने बताउँदै सो मैदानलाई सबै सम्भावित खेल खेलाउन उपयुक्त मैदानको रुपमा विस्तार गर्न नेतृत्व लिन ह्यान्डबल संघलाई आग्रह गर्दै यदि यसरी नलिने हो भने नगरपालिकाले उपयुक्त क्लब वा संस्थालाई सो मैदान विकास गर्न लिजमा दिने बताए । कार्यक्रमा बोल्दै कार्यकारी अधिकृतले मान्छे मरेपछि आफ्नो भोगाधिकारमा सो जग्गा हैन भनेर पन्छिने काम नगर्न अनुरोध गर्दै आजसम्म ह्यान्डबल मैदान नै भनेर परिचित भएकोले सबै खेल खेल्न मिल्ने स्टेडियमको रुपमा विस्तार गर्न सबैको सहयोग चाहिएको बताएका थिए । कार्यकारी अधिकृति मरासैनीले नगरपालिकाले १ महिना अघि माटोको ढिस्काले लागेर मृत्यू भएका सम्राट मगरको परिवारलाई सहयोग स्वरुप २५ हजार दिने बताए । खेलकुदको विकासमा स्थानीय सहभागिता नामको सो अन्र्तक्रिया कार्यक्रममा ह्यान्डबल मैदानसँगै भलिबल मैदान बनाएर भलिबललाई जुवाको रुपमा प्रयोग भैरहेको बारेमा पनि सहभागिहरुले जोडदार कुरा उठाएपछि कार्यकारी अधिकृत मरासैनीले सो भलिबल मैदान तत्काल रोक लगाउने बताए ।

करिब १० वटा स्थानीय क्लबका प्रतिनिधि तथा राजनीतिक र सामाजिक क्षेत्रका बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रममा करिब ५० जना उपस्थित थिए । कार्यक्रमा रविन अधिकारी, कुमार ओझा, श्याम डोटेल, आइते लामा, रामकृष्ण केसी, सन्जय अर्याललगायतका राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरुले पनि ह्यान्डबल मैदानका बारेमा आआफ्ना धारणा राखेका थिए । कार्यक्रमका सभापतिको रुपमा रहेका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले खेलकुदको विकासमा ह्यान्डबल मैदानलाई परिचित क्षेत्रको रुपमा विकास गर्नु पर्ने भएकाले जग्गा कस्को हो भन्नु भन्दा पनि काम के के भो भन्ने कुरातिर ध्यान दिन सबैलाई आग्रह गरे । करिब ३ घन्टा लम्बिएको कार्यक्रमले निस्कर्ष भने केही पनि निकाल्न सकेन । सम्बन्धित विषयमा सहभागिहरुले बोल्ने काम सकिएपछि प्रमुख अतिथिले आफ्नो धारणा राखेर कार्यक्रम सकेपछि कार्यक्रम किन गरिएको भन्ने प्रश्न उठेको छ ।

IMG_9676 IMG_9693 IMG_9691

तपाइँको प्रतिक्रिया ।