फिफाले कर्माछिरिङ शेर्पासहित चारजनालाई एन्फामा पूनर्बहाली गर्यो,

फिफाले कर्माछिरिङ शेर्पासहित चारजनालाई एन्फामा पूनर्बहाली गर्यो,

Desktop20

कपन अनलाइन,बैशाख २८, २०७३

फिफाले एन्फाका निलम्बन गरिएका कर्माछिरिङ शेर्पासहित चार ‘विद्रोही’ लाई पुनर्बहाली गर्दै अध्यक्षको निर्वाचन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ  गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले १० बर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयांक जरिबानाको नर्णय गरेको थियो । इथिक्स कमिटीको त्यस निर्णयमाथि थापाले गरेको अपिल पनि फिफाले खारेज गरेको थियो । त्यसपछि फिफाले रिक्त रहेको अध्यक्ष पदकमा निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको हो । थापालाई प्रतिबन्धमा परेपछि मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठ एन्फाको कार्यवाहक अध्यक्षको रुपमा कार्यरत् छन् ।

थापामाथि एन्फामा आर्थिक अनियमतिता गरेको आरोप लगाउँदै संसदको सार्वजनिक लेखा समिति, युवा तथा खेलकुद मन्त्रालय, अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी गरेका उपाध्यक्षहरु कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र सदस्य पंकजविक्रम नेम्बाङलाई एन्फाले पदबाट निलम्बन गरेको थियो । उनीहरुलाई २३ मेभित्र पुनर्वाहाली गर्दै अध्यक्षको निर्वाचन गर्न फिफाले पत्र पठाउँदै एन्फालाई निर्देशन दिएको हो ।

तपाइँको प्रतिक्रिया ।