राष्ट्रिय साइक्लिङ संघको महासचिवमा हरिराम ढुंगाना, लुइँटेल र सापकोटा सदस्यमा

राष्ट्रिय साइक्लिङ संघको महासचिवमा हरिराम ढुंगाना, लुइँटेल र सापकोटा सदस्यमा

13210952_859387034190813_51811274_o

कपन अनलाइन, बैशाख २८, २०७३

एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघअन्तर्गत नेपाल साइक्लिङ  संघको महासचिवमा हरिराम ढुंगाना चयन भएका छन् । राजधानीमा भएको पहिलो साधारणसभाले ढुंगानालाई महासचिवको रुपमा चयन गरेको हो । साधारणसभाले जीवन राईको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने क्रममा  सन्तोष लुइँटेल र रामशरण सापकोटालाई सदस्य पदमा चयन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा रितेशलाल सिंह र कोषाध्यक्षमा सुशील भट्टराई निर्वाचित भएका छन् । साधारणसभालाई एमाले नेता तथा पूर्व खेलकुदमन्त्रि पुरुषोत्तम पौडेल, राखेपका उपाध्यक्ष टेन्डी शेर्पालगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । नयाँ कार्यसमिति २ वर्षका लागि चयन गरिएको हो ।

तपाइँको प्रतिक्रिया ।