रविन अधिकारीले कपन बहुमुखी क्याम्पसको लागि ३० लाखको व्यवस्था गरिदिए !

रविन अधिकारीले कपन बहुमुखी क्याम्पसको लागि ३० लाखको व्यवस्था गरिदिए !

10613037_767212216669018_5504862689565087304_n

कपन अनलाइन, बैशाख २७, २०७३

त्यसो त यो ३० लाख नगरपालिकाकै थियो । सरकारी सम्पत्ति नै हो । तर यो उल्लेखित ३० लाख रुपैँया बुढानिलकण्ठ नगरपालिका एमाओवादी अध्यक्ष रविन अधिकारीले जहाँ पनि सार्वजनिक उपयोगका लागि प्रयोग गर्न सक्ने पैसा थियो । बुढानिलकण्ठ नगरपालिकाका ३ वटा ठूला पार्टीहरुले रु. ३० लाखको दरले जुनसुकै सार्वजनिक योजनामा उपयोग गर्न पाउने रकम संयोगले उपलब्ध भएको थियो ।

नेपाली कांग्रेस र एमालेले पनि सो रकम सार्वजनिक स्थानमा नै उपयोग गर्यो  । नेपाली कांग्रेसले सो ३० लाख रकम सुवर्णसमशेरको नाममा बन्दै गरेको क्रिकेट मैदानमा उपलब्ध गराउने निर्णय गर्या । त्यसैगरी एमालेको भागमा परेका ३० लाख खड्का भद्रकालीमा निर्माणाधिन अवस्थाको मनमोहन स्मृति पार्कमा खर्च गर्ने गरी सम्झौता भयो । दुवै ठूला पार्टीले आफ्नो भागको रकम उपयोगका लागि आफ्नै पार्टीको आस्था वा नाम बोकेको संस्थागत योजना रोजे । एमाओवादीको भागमा परेको ३० लाख कहाँ लगाउने भन्ने टुंगो भएको थिएन । रविन अधिकारीलाई धेरै ठाउँबाट त्यो रकमको बारेमा कुरा आए पनि उनले मनले खाएको र प्रभावकारी ठाउँ भेट्न सकेका थिएनन् । सार्वजनिक महत्वको र दीर्घकालिन असर पर्ने ठाउँमा सो रकम दिन चाहन्थे रविन ।

एमाओवादीले चाहेको स्थानमा खर्च गर्न सक्ने भएका कारण उनले आफ्नै घरगाउँमा सो रकम खर्च गरेर वाहवाही पाउने विकल्प पनि थियो रविनसँग । यसैबीच एमाओवादी बुनपाका अर्का नेता ठाकुरप्रसाद खकुरेलले कपन बहुमुखी क्याम्पसमा सो रकम हालिदिन आग्रह गरे । कपन क्षेत्रकोमात्र नभै बुनपाकै महत्वपूर्ण शैक्षिक संस्था थियो कपन बहुमुखी क्याम्पस । रविन अधिकारीले खकुरेलको सो प्रस्तावलाई चारैतिरबाट सोचे । कपन क्याम्पसको महत्वको बारेमा बुझेका अधिकारी खकुरेलको सो प्रस्तावप्रति सकारात्मक देखिए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार ओझालगायतका व्यक्तिहरुसँग कुराकानी भएपछि अधिकारीले सो रकम क्याम्पसलाई दिने निर्णय गरे । उनले क्याम्पसलाई सो रकम दिन मञ्जुरीमात्र दिएनन् कपन बहुमुखी क्याम्पसलाई भविष्यमा पनि सबैखाले महत्वपूर्ण सहयोग गर्ने बताए ।

12032993_604369783051036_724237785177506263_n

कपन बहुमुखी क्याम्पसमा ३० लाख दिनुको महत्व

भलै रविन अधिकारीले ३० लाख बजेट कपन बहुमुखी क्याम्पसमा दिएपछि त्यसले पार्ने प्रभावका बारेमा सोच्न वा आंकलन गर्न नभ्याएका होलान् वा छैनन् । तर बुनपाभित्रको सबैभन्दा धेरै जनसंख्या तथा मतदाता ओगटेको कपनमा भएको यो लगानीलाई व्यक्तिगतरुपमा रविन अधिकारीलाई पुग्ने प्रशंसा महत्वपूर्ण बनेको छ । रविन अधिकारीका साथै उनको पार्टी एमाओवादीलाई यसले प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ ।

नेपाली कांग्रेस तथा एमालेले आफ्नो भागमा जहाँ पनि विकास निर्माणमा खर्च गर्न सक्ने ३० रकमलाई कपनमा ल्याउन नसक्नु कपन क्षेत्रका कांग्रेस एमालेको असक्षमता हो भन्ने कोणबाट पनि कुरा उठिरहेको छ । विशेषगरी क्याम्पस व्यवस्थापनमा सुरुवाती दिनदेखि नेतृत्व गरिरहेको एमालले ३० लाख यस क्याम्पसमा हाल्न नसक्नु कपन क्षेत्रका एमाले नेतृत्वको कमजोरीको रुपमा लिइएको छ भने कपन क्षेत्रबाट गत निर्वाचनमा विशाल मत ल्याएको नेपाली कांग्रेसले यसै क्षेत्रभित्र आफूलाई प्रत्यक्ष राजनीतिक फाइदा पुग्नेगरी किन रकम दिन सकेन भन्ने विषयले कपनका नेका र एमाले नेताको कमजोर प्रदर्शनलाई मानक बनाउन सकिन्छ । यद्यपि रविन अधिकारी भने कपन बहुमुखी क्याम्पसमा सो बजेट आफूले दिनुमा कुनै राजनीतिक वा व्यक्तिगत लाभहानीबाट ओतप्रोत भएर नगरेको बताउँछन् ।

तपाइँको प्रतिक्रिया ।