नयाँ मञ्चको उद्घाटन गर्दै संगिता प्रधानलाई सम्मान गर्यो कपन संगीत सरोवरले (फोटो फिचर)

नयाँ मञ्चको उद्घाटन गर्दै संगिता प्रधानलाई सम्मान गर्यो कपन संगीत सरोवरले (फोटो फिचर)

0U7A9711
कपन अनलाइन, बैशाख २५, २०७१

कपन क्षेत्रमा शास्त्रीय तथा भक्ति संगीतको क्षेत्रमा ९ वर्षदेखि क्रियाशील कपन संगीत सरोवरले एक भव्य कार्यक्रमको आयोजना गरी संस्थाको डबली(मञ्च)को उद्घाटन गरेको छ । नेपाल संगीत तथा नाट्य प्रतिष्ठाका कूलपति सरुभक्तले सो डबलीको उद्घाटन गरेका हुन् । बुढानिलकण्ठ नगरपालिका वडा नंं १८ स्थित बगलामुखी मन्दिर परिसरमा बनेको संस्थाको नवनिर्मित डबली संस्थाको नवौँ वार्षिकोत्सवको अवसरमा समुद्घाटन गरिएको हो । संस्थाले वरिष्ठ संगीत सर्जक तथा प्रस्तोता संगिता प्रधान रानालाई सम्मान पनि गरेको छ । नगद दश हजारसहित ताम्रपत्रद्वारा गायिका प्रधानलाई सम्मान गरिएको थियो । कार्यक्रममा संगीतकार विनय वर्मा तथा गायक सतिश महर्जनले तयार पारेका गजल प्रवाह नामको सिडि पनि विमोचन गरिएको थियो ।

कार्यक्रमा कपन संगीत सरोवरको अक्षय कोष निर्माणका लागि सांसद तथा नेका केन्द्रिय सदस्य गगन थापाले रु. १ लाख प्रदान गर्ने वचन दिए भने कार्यक्रम स्थलमा सोलार बक्ति जडान गरिदिने वचनबद्धता पनि प्रकट गरे । कार्यक्रममा सिताराम खड्का, रामकृष्ण केसी, सहकुल खड्का, रविप्रसाद पौडेल, सुनित चालिसे, सागर बैजु, तेजकुमार केसी, राष्ट्रकुमार केसी, विनोद पौडेल, रामप्रसाद अधिकारी, कृष्णकुमार खड्का, राजन खड्का, देवेन्द्र देउजा, देवबहादुर देउजा, तेजबहादुर रोक्का, कर्माछिरिङ शेर्पा, राधा घलेलगायतले अक्षयकोषलाई दशहजार दिने वचनबद्धता प्रकट गरे भने कतिपयले सोही अवसरमा नगद रकम प्रदान गरे । कार्यक्रममा संस्थाको अध्यक्ष विसुकुमार केसीले आउँदो १ वर्षभित्र १० लाख रुपैँयाको अक्षयकोष निर्माण गर्ने घोषणासँगै २० जनाले १० हजार वा सोभन्दा माथिको रकम संस्थाले उपलब्ध गराउने बचन प्रदान गरे ।

कार्यक्रममा संगीता प्रधानले राग हंसध्वनी, पं समिर डेले स्वतन्त्र तबलावादन, यलमाया क्लासिकको सामुहिक बाँसुरीवादनसँगै कृष्णकुमार खड्का, योगन्द्र उपाध्याय तथा सुरेश लामा, ज्ञान खड्काले भक्ति सगीत प्रस्तुत गरेका थिए । कपन संगीत सरोवरको नयाँ डबली(मञ्च) बिभिन्न सरकारी निकायबाट प्राप्त १६ लाख रुपैँयाबाट निर्माण गरिएको हो । कार्यक्रममा संस्था चौथो अधिवेशनअन्तर्गत आगामी दुई वर्षे कार्यकालको लागि विसुकुमार केसीको नेतृत्व १९ सदस्यीय समिति बनेको छ । फोटो: सागर बैजु

0U7A9720 0U7A9740 0U7A9781 0U7A9782 0U7A9823 0U7A9824 0U7A9673 0U7A9678 0U7A9700 0U7A97110U7A9655

तपाइँको प्रतिक्रिया ।