कोइरालाको कार्यक्रममा गगन थापा आउनेभएपछि कार्यक्रम बहिस्कार गर्छु भन्नेहरूको भीड !!!

कोइरालाको कार्यक्रममा  गगन थापा आउनेभएपछि  कार्यक्रम बहिस्कार गर्छु भन्नेहरूको भीड !!!

Desktop17

कपन अनलाइन, २४ बैशाख, २०७३

नेपाली कांग्रेस क्षेत्र नं. ४ भित्रको वेमेल बढ्दो छ । माघ फागुनमा सम्पन्न अधिवेशनपछि मौलाएको गगन थापा र राजु श्रेष्ठबीचको वेमेलले यतिखेर समानान्तार  हैसियतमा पार्टी संचालन हुने अवस्थासम्म पुगेको छ । राजु श्रेष्ठ सभपति भएपछि यस क्षेत्रमा गगन थापाको नीजि अस्तित्व कमजोर भएको भनेर आंकलन गरिरहेका बेला राजु श्रेष्ठ सम्मिलित कतिपय पार्टीगत कार्यक्रममा गगन थापालाई बोलाइएको छैन । त्यसैगरी गगन थापा स्वयम् पनि अझै पुरानै क्षेत्रीय सभापति लगायतका केही व्यक्तिहरुलाई नै विकास निर्माणको काममा परिचालन गरिरहेका छन् । सांसदले आफ्नो बजेट तथा विकासका काम पार्टी कमिटिमार्फत अगाडि बढाउनु पर्नेमा क्षेत्रीय समितिको अस्तित्वलाई थापाले स्वीकार नगरेका आरोप क्षेत्रीय सभापति राजु श्रेष्ठले लगाउँदै आएका छन् । श्रेष्ठका अनुसार अहिलेसम्म केन्द्रियसमेत रहेका गगन थापाले क्षेत्रीय समितिलाई शुभकामनासम्म दिएका छैनन् ।

gagan thapa
यसैबीच बैशाख २५ गते नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कमिटिको नाममा सभापति गणेश कोइरालाले गगन थापालाई प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । चियापान भनिएको यो कार्यक्रम स्वरुपमा सामान्य चियापान भनिए पनि क्षेत्र नं. ४ मा क्षेत्रीय कमिटिको समानान्तर हैसियतमा कार्यक्रम गर्न लागिएको बुझिएको छ । धेरैले यो कार्यक्रमलाई गगन थापाले राजु श्रेष्ठलाई काउन्टर दिन आयोजना गरेको अनुमान गरेका छन् । पार्टी संगठनमा चौतर्फि राजु श्रेष्ठको बाहुल्यता बढेको मानेर विकास निर्माणका नाममा यस किसिमको गतिबिधिमा थापा सक्रिय भएको जनाइएको छ । बैशाख २५ गते बुनपा ११ मण्डिखाटारमा आयोजना हुने कार्यक्रमको निम्तो पत्रमा आयोजक नगर कमिटि भनिए पनि सभापति, सचिव र कोषाध्यक्षमात्र रहेको नगर कमिटिमा कार्यक्रमको बारे सचिव राजन बुढाथोकी र कोषाध्यक्ष भरत अधिकारीले अनविज्ञता जनाए । सभपति गणेश कोइरालाले एकपटक यस्तो कार्यक्रम राख्ने भनेर सोधेको पनि छैन भन्दै बुढाथोकी र अधिकारीले कपन अनलाइनसँग सो कार्यक्रममा आफू नजाने बताए । अझैसम्म पूर्णता नपाएको बुनपा कमिटिभित्र रहेका तीन सदस्यबीच पनि सभापति गगन थापातिर र सचिव तथा कोषाध्यक्ष राजु श्रेष्ठतिर देखिएपछि भोलि हुने भनिएको शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम विवादित बनेको छ ।

rajujiiii

गणेश कोइरालाले नगर कमिटि भनेर बोलाएको कार्यक्रम समानान्तर हैसियतमा पार्टी संचालनको कसरत भएको आरोप क्षेत्रीय सभापति राजु श्रेष्ठले लगाए । राजु श्रेष्ठको यो आरोपमा होमा हो लगाउँदै बुनपा नगर कमिटि सचिव राजन बुढाथोकी र कोषाध्यक्ष भरत अधिकारीले सभापति गणेश अधिकारीले पार्टीको स्पिरिटभन्दा टाढा भएर कुनै व्यक्तिलाई मात्र फोकस गरेर राखिएको कार्यक्रम आफैमा अबैधानिक रहेको बताउँछन् । यसै क्षेत्रबाट महासमिति सदस्य भएका पूराना कांग्रेसी नेता लाक्पा लामाले पनि गणेश कोइरालाले नगरसमिति भनेर आयोजना गरेको कार्यक्रमप्रति रोष प्रकट गरेका छन् । क्षेत्रीय अधिवेशनमा पराजित भएका केही मानिसलाई मात्र बोलाएर गर्न लागिएको यो कार्यक्रमले क्षेत्र नं. ४ मा नेपाली कांग्रेसलाई कमजोर बनाउने काम भएको उनले आरोप लगाए । लामाले ‘म महासमिति सदस्य हुँ, तर मलाई नै यो कार्यक्रमको  बारेमा थाहा छैन । पार्टीको कार्यक्रम हो भने त महासमिति सदस्यले त थाहा पाउँथ्यो होला ?’ उनले प्रश्न गरे । बुनपा वडा नंं. ९ का सम्भु थापाले पार्टीको आन्तरिक कुराहरू यसरी छताछुल्ल हुनु राम्रो हैन । जित्नेले मै हुुँ र हार्नेले रून छाड्नु पर्छ । मिलेर जानुको विकल्प नभएको बताउँदै कार्यक्रमको दिन आफ्नो पिकनिकमा जानु पर्ने भएकोले ढिलो उपस्थित हुने जनाए । थापाले चियापान कार्यक्रमको समय अलि चित्तबुझ्दो नभएको बताए ।

क्षेत्र तथा नगरका नेताहरुबीच आरोपप्रत्यारोप चलेपछि कार्यकर्ता तथा सुभेच्छुक भने सो कार्यक्रम जाने नजाने बारेमा अन्यौलमा परेका छन् भने आयोजक गणेश अधिकारीसहित केही क्षेत्रीय तथा जिल्लास्तरीय नेताहरु जसरी पनि धेरैभन्दा धेरै मानिस जुटाउने प्रयत्नमा जुटेका छन्

तपाइँको प्रतिक्रिया ।