रामकुमार एलनको पक्षमा सर्वोच्चद्वारा अन्तरिम आदेश: पाठकको नियुक्ति कार्यान्वयन नगराउ

काठमाडौँ, २२ वैशाख । सर्वोच्च अदालतले दीपक पाठकलाई प्रेस कान्सिलको सदस्यमा दिइएको नियुक्ति कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ । Kp-oli-with-Dipak-Pathak

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज पाठकको नियुक्ति कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

गलत धन्दामा लागेका पाठकलाई काउन्सिलको सदस्य नबनाउन माग गर्दै पत्रकार रामकुमार एलनले सर्वोच्च अदालतमा मङ्लबार रिट निवेदन दायर गर्नुभएको थियो । आदेशमा सूचना तथा सञ्चार मन्त्रालयको यही वैशाख १७ गते गरेको निर्णय कार्यान्वयन नगर्नु÷नगराउने भनिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले पाठकलाई यही वैशाख १७ गते काउन्सिलको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । रासस

तपाइँको प्रतिक्रिया ।