६ महिने ओली सरकार ढल्ने, प्रचण्ड प्रम बन्ने दौडमा !!!

६ महिने ओली सरकार ढल्ने, प्रचण्ड प्रम बन्ने दौडमा !!!

13100807_10209890458364439_7700449442152157176_n

कपन अनलाइन/बैशाख २२, २०७३

०७२ साल असोज २४ गते प्रधानमन्त्रि बनेका केपि शर्मा ओलीको सरकार ढल्ने संघारमा पुगेको छ । एमाओवादी, राप्रपा नेपालसहित बिभिन्न साना दलहरु मिलेर बनेको यो सरकारलाई एमाओवादीले निरन्तरता नदिने निर्णय गरेपछि ओली सरकार ढल्ने संघारमा पुगेको हो । नाकाबन्दिको चरमोत्कर्षमा देशको बागडोर समातेका प्रधामन्त्रि केपि ओलीलाई अबस्थाको गम्भीरता नबुझेको र उखान तुक्का मात्रै भनेर समय व्यतित गरेको आरोप लाग्दै आएको थियो । विशेष गरेर भुकम्प पिडितलाई वर्षा लाग्ने बेला भैसक्दा पनि न्यूनतम आधारभूत सामग्री उपलब्ध गराउनु नसकेको आरोपले ओली सरकार बदनाम बन्दै गएको चर्चा परिचर्चा चलिरहेको बेला सत्ता साझेदार एमाओवादीले आज एक प्रेश विज्ञप्ति जारी गर्दै प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गरिने जनाएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा राष्ट्रिय स्वाभिमान तथा स्वाधिनतको रक्षा, शान्ति प्रकृयाको बाँकी कार्यभार तथा राजनीतिक समस्यालाई समाधान गर्न वर्तमान ओली सरकार असक्षम भएको आरोप लगाइएको छ । विज्ञप्तिमा वर्तमान सरकार परिणाममुखी नभएको र परिणामुखी बनाएन पटकपटक पहल हुँदा पनि एमाले नेतृत्व गम्भीर नभएको लेखिएको छ । सो विज्ञप्तिमा नेपाली कांग्रेसले समेत हाम्रो नेतृत्वमा सरकार गठन गर्न जनाएको भन्दै सरकारको नेतृत्व गरी साझा कार्यभार पूरा गर्ने प्रकृयामा सहयोग पुर्याउन अनुरोध गरिएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित यो विज्ञप्तिसँगै सरकार परिवर्तनको संकेत अब पक्कापक्की भएको छ । यद्यपि सरकार परिवर्तन तथा नयाँ सरकारको बारेमा नेपाली कांग्रेसले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन । यसैबीच पार्टी निर्णयलाई एमाओवादीले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको छ भने एमाओवादी स्थायी कमिटिको बैठक बसिरहेको छ ।

(फोटो: एन चित्रकार/रोयटर्स)

तपाइँको प्रतिक्रिया ।