भोलिदेखि ३ दिनसम्म पानी पर्ने मौसम पूर्वानुमान शाखाको अनुमान

भोलिदेखि ३ दिनसम्म पानी पर्ने मौसम पूर्वानुमान शाखाको अनुमान

fe84708a87730f1a9ff172fe7b08b000_L

कपन अनलाइन/बैशाख २०, २०७३

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि साँझदेखि काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भेगमा  वर्षा हुने  जनाएको छ। सो कार्यालयले आज प्रकाशित गरेको रिपोर्ट अनुसार बंगालको खाडीबाट जल वाष्पसहितको हावा आइरहेको र पश्चिमी वायु पनि सक्रिय हुने भएकाले मंगलबार दिउँसो बादल लाग्ने र साँझदेखि पानी पर्ने जनाएको छ ।

लामो खडेरीले आक्रान्त देशको सबै भागमा सुख्खाले सताएको छ । कतिपय क्षेत्रमा त सुख्खाग्रस्त क्षेत्र भनेर घोषणा गर्नसमेत दवाव आइरहेको बेला पानी पर्ने समाचारलाई राहतको रुपमा लिइएको छ । (फोटो सौजन्य: गुगलमार्फत)

तपाइँको प्रतिक्रिया ।