महिला सशक्तिकरण, हाम्रो अभियान’ विषयक अन्तर्क्रिया हुने

महिला सशक्तिकरण, हाम्रो अभियान’ विषयक अन्तर्क्रिया हुने

 एकता सिर्जनशील विद्यार्थी समाजको आयोजनामा बैशाख १८ गते शनिबार बिहान ११:३० बजे मित्रपार्क चाबहिलको माउण्ट भ्यु हाई स्कूलमा ‘महिला सशक्तिकरण, हाम्रो अभियान’ विषयक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा समाजसेवी चरिमाया तामाङ, महानगरीय प्रहरी प्रभाग गौशालाकी प्रहरी सहायक निरीक्षक एकता न्यौपाने, अधिवक्ता सोमा खत्री, अनेरास्ववियुकी केन्द्रीय सदस्य नेतृ एशु लामा लगायतकाको आतिथ्यता रहने र विभिन्न क्याम्पसमा अध्ययन गरिरहेका स्नातक तहसम्मका विद्यार्थी सहभागी हुने समाजका अध्यक्ष विज्ञान प्रविद दाहालले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।