एमाले अखिलको पहिलो बैठक तय

एमाले अखिलको पहिलो बैठक तय

काठमाडौँ, १७ वैशाख । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नवनिर्वाचित केन्द्रीय समितिको प्रथम पूर्ण बैठक आगामी जेठ २ देखि ४ गतेसम्म काभ्रेपलाञ्चोकमा हुने भएको छ । हिजो  बसेको अखिलको स्थायी कमिटीको अनौपचारिक बैठकले सो मिति तय गरेकोे हो ।

बैठकका लागि संरचना, कार्यविभाजन, समसामयिक र शिक्षा क्षेत्रका लागि आन्दोलनको समीक्षालगायत कार्यसूची रहेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए  ।

केन्द्रीय बैठकको उद्घाटन प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी छ । अखिलको गत माघ १० मा काठमाडौँमा सम्पन्न २२ राष्ट्रिय महाधिवेशनले नवीना लामाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।