क्याराभान हिरो थिन्लेको निधन

क्याराभान हिरो थिन्लेको निधन

१३ वैशाख । बहुचर्चित चलचित्र ‘क्याराभान’का अभिनेता थिन्ले लेन्डुप लामाको घोडाबाट लडेर निधन भएको छ ।

thinley.jpg

सदरमुकाम दुनैबाट साल्दाङ गाविसस्थित घर जाने क्रममा फोक्सुन्डो गाविसअन्तर्गतको छेप्का र ¥याचीको बीचबाटोमा घोडाबाट लडेर लामाको निधन भएको प्रहरीले हिजो  जनाएको छ । उहाँ करिब ७५ वर्षको हुनुहुन्थ्यो ।

सन् १९९९ मा फ्रान्सेली निर्देशक इरिक भ्यालीद्वारा निर्देशित ओस्कारका लागि छनोट भएको उक्त चलचित्रमा थिन्लेले अभिनेताको भूमिका निर्वाह गर्नुभएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।