मैतिदेवी मन्दिरमा भुकम्पपिडितको सम्झनामा क्षमापूजा सम्पन्न(फोटो फिचर)

मैतिदेवी मन्दिरमा भुकम्पपिडितको सम्झनामा क्षमापूजा सम्पन्न(फोटो फिचर)

IMG_1143

कपन अनलाइन/ बैशाख १३, २०७३
१० हजारभन्दा बढि नेपालीको ज्यान तथा खरबौँको क्षति हुने गरी १ वर्षअघि बैशाख १२ गते गएको विनाशकारी भुकम्प परेकाहरुको सम्झनामा काठमाडौंको मैतिदेवी मन्दिरमा क्षमापूजा सम्पन्न गरिएको छ । स्थानीय युवा प्रतिनिधि दिनेश माली र सत्य मुनिकारको अगुवाईमा भएको क्षमापूजा कार्यक्रममा शास्त्रीय स्वरुपको पूजासहित नेवारी सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो ।

IMG_0222
दिनेश माली

१२ गते बिहानैदेखि काठमाडौंमा रहेको शक्तिपिठमध्ये एक मानिएको मैतिदेवी मन्दिरमा भएको कार्यक्रममा स्थानीय युवाहरुको विशेष भूमिका रहेको कार्यक्रमका व्यवस्थापक दिनेश मालीले कपन अनलाइनलाई बताए । स्थानीयहरुले चन्दास्वरुप उठाएको करिब ८० हजार रुपैंया खर्च गरेर क्षमापूजा गरिएको मालीले बताए । मैतिदेवीमा गरिने क्षमापूजा अत्यन्त महत्वपूर्ण हुने भएकाले देशमा अनिष्ट हुँदा वा अनिष्टको सम्झनामा गरिने क्षमापूजाबाट देश, समाज तथा व्यक्तिलाई राम्रो हुने मान्यतासहित यो कार्यक्रम आयोजना गरिएको बताउँदै मालीले क्षमापूजापश्चात करिब १५०० सर्वसाधरण तथा निम्तालुहरुले प्रसाद ग्रहण गरेको बताए । नेपाली कांग्रेसका क्षेत्रीय सदस्यसमेत रहेका दिनेश मालीले हरेक वर्ष मैतिदेवी मन्दिरमा स्थानीय समाजसेवी तथा युवाहरुलाई समेटेर पूजा तथा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । कार्यक्रममा नेका क्षेत्रीय सभापति राजु श्रेष्ठ तथा महासमिति सदस्य जानु घिमिरे आदि राजनीतिक व्यक्तिहरुको उपस्थिति  थियोे ।

फोटो फिचर

IMG_1115 IMG_1117 IMG_1149 IMG_1139 IMG_1108 IMG_1104 IMG_1165 IMG_1162 IMG_1155 IMG_1153

तपाइँको प्रतिक्रिया ।