इराकमा भएको आत्मघाती आक्रमण

इराकमा भएको आत्मघाती आक्रमण

बग्दाद, १२ वैशाख । इराकको राजधानी बग्दादको दुई वटा नगरहरुमा सुरक्षा अधिकारीलाई लक्ष्यगरी भएको आत्मघाती आक्रमणहरुमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

शनिबार अबेर राति पूर्वी नगर हुसानीयाहमा अवस्थित सुरक्षा जाँचचौकीलाई लक्ष्यगरी भएको आत्मघाती कारबम आक्रमण छ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको जनाइएको छ ।

यस आक्रमणमा अन्य २८ जना घाइते. भएका पनि सो स्रोतले बताएको छ । यस आक्रमणको आतङ्ककारी समूह इस्लामिक स्टेटस् (आइएस)ले जिम्मा लिएको छ ।

सोही समयमा दक्षिणी नगर अरब जाबोउरमा एक सैनिक समूहमाथि भएको कारबम आक्रमणमा परी चार सैनिकको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका छन् ।

बग्दादभरी नै प्रायःसुरक्षा अधिकारीहरुलाई लक्ष्यगरी आइएस आतङ्ककारी समूहले बारम्बार आक्रमण गर्दै आएका छन् । यस देशमा सिया मुसलमान समूदायको बलियो प्रभाव रहेको छ । रासस÷एपी

तपाइँको प्रतिक्रिया ।