बौद्ध चुच्चेपाटीबाट १ केजी सुनसहित एक युवक पक्राउ

काठमाडाँैं, १२ वैशाख । बौद्ध चुच्चेपाटी बस्ने सिन्धुपाल्चोक फुल्पिङकट्टी घर भएका २४ वर्षीय उमेश सेवालाई प्रहरीले शनिबार एक किलो सुनसहित पक्राउ गरेको छ ।

अभियुक्त सेवाले भन्सार छलेर अवैध रुपमा सुन तस्करी गरी बिक्रीवितरण गरिरहेको भन्ने खबरका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले चुच्चेपाटीबाट पक्राउ गरेको हो ।

उनी सवार बा ७२ प २३ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइछिपाई राखेका अवस्थामा उक्त सुन बरामद भएको थियो ।

तपाइँको प्रतिक्रिया ।