घिमिरेको स्वास्थ्य अवस्थामा सुधार

घिमिरेको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौँ, १२ वैशाख । साहित्यकार रोचक घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

rochak-ghimire

शनिबार बिहान नक्साल आसपासमा घुम्ने क्रममा लडेर घाइते हुनुभएका घिमिरेको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

उहाँका छोरा प्रतीकले चिकित्सकले टाउकाको शल्यक्रिया गरेपछि उहाँलाई अहिले सघन उपचार कक्षमा राखिएको र सामान्य कुरा गर्न सक्ने अवस्थामा रहेको बताउनुभयो ।

‘रचना’ साहित्यिक पत्रिकाका सम्पादक घिमिरेलाई केही दिन अस्पतालमा बसेर आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । रासस /(फोटो सौजन्य: गूगल:कान्तिपुर.कम)

तपाइँको प्रतिक्रिया ।