राजु श्रेष्ठद्वारा सागर बैजुलाई क्षेत्रीय विभाग प्रमुखमा नियुक्त

राजु श्रेष्ठद्वारा सागर बैजुलाई क्षेत्रीय विभाग प्रमुखमा नियुक्त

rajuji-001

कपन अनलाइन/बैशाख ७, २०७३

नेपाली कांग्रेस क्षेत्र नं. ४ मा क्षेत्रीय सभापति भैसकेपछि संगठन बनाउन विशेष चासो देखाइरहेका राजु श्रेष्ठ क्षेत्रीय विभाग निर्माणमा जुटेका छन् । सभापति भएपछि सबै इकाईबाट क्षेत्रीय विभागमा बस्न पठाइएका नामहरुमध्येबाट १६ वटा विभिन्न विभाग बन्ने क्रममा हिजो बैशाख ६ गते पहिलो विभाग गठन भएको छ । चावहिलमा भएको भेलाले पहिलो विभाग गठन गर्ने क्रममा युवा तथा खेलकुद विभाग गठन गरिएको हो ।

क्षेत्रको पहिलो विभाग गठन गर्ने क्रममा सभापति श्रेष्ठले युवा तथा खेलकुद विभाग गठन गरेका छन् । युवाहरुलाई समेट्ने तथा संगठन विभागसरह मूल्यवान मानिएको युवा तथा खेलकुद विभागमा सागर बैजु संयोजक भएका छन् । बैजु सभापति श्रेष्ठका बाल्यकालदेखिका साथी पनि हुन् ।

भेलालाई सम्बोधन गर्दै श्रेष्ठले क्षेत्रीय खेलाडी राष्ट्रको ध्वजावाहक हुन् र युवा परिवर्तन र राष्ट्र निर्माणका संवाहक हुन् भन्दै सागर बैजुको नेतृत्वले क्षेत्र नं. ४ को खेलकुद तथा युवा क्षेत्र सबल र सांगठिन हुने विश्वास दिलाए । बैजुको संयोजकत्वमा २७ सदस्यीय युवा तथा खेलकुद समिति बनेको छ । यद्यपि कार्यक्रममा बैजु भने उपस्थित थिएनन् । बैजु भारत भारत गएकाले उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।

एन्फाका उपाध्यक्षसमेत रहेका क्षेत्र नं. ४ नेका महासमिति सदस्य कर्माछिरिङ शेर्पाले कपन अनलाइनसँग कुरा गर्दै सागर बैजुजस्तो व्यक्ति युवा तथा खेलकुद क्षेत्रको संगठनमा काम गर्नु पार्टीका लागि महत्वपूर्ण हुने बताउँदै निर्वाचनमुखी राजनीति गर्नु पर्ने बेलामा सागरजीलाई युवा तथा खेलकुद क्षेत्रको भूमिका दिइनु सोच विचारसहितको निर्णय भएको बताए ।

नेपाली कांंग्रेस अन्तर्गत यस अघि जिल्ला सदस्यसमेत रहिसकेका सागर बैजुलाई सभापति राजु श्रेष्ठले विशेष अनुरोध गरेर क्षेत्रीय सदस्यमा बसिदिन आग्रह गरेपछि बिबिध दवाब बाबजुद स्वीकारेका थिए । जिल्लाभन्दा क्षेत्रमा बसेर संगठनमा काम गर्न राम्रो हुने भएकोले बैजुले क्षेत्रीय सदस्य पद स्वीकार गरेका थिए । नेका क्षेत्र नं. ४ मा स्पष्टरुपमा देखिएको राजु श्रेष्ठ र गगन थापाबीचको टकरावको क्रममा भैरहेको बिभाग निर्माणले क्षेत्रमा कसलाई घाटा तथा कसलाई नाफा हुने कुरा १६ वटै विभाग निर्माणपश्चात थाहा हुनेछ यद्यपि पछिल्ला केही महिनादेखि काठमाडौं क्षेत्र नं. ४ मा चर्चित सांसद गगन थापा निकै कमजोर भएको सबैले अनुमान गरेका छन् ।

(फोटोमा खेलकूद हुनुपर्नेमा खुलुकुद भएकोमा क्षमाप्रार्थी छु-सम्पादक)

तपाइँको प्रतिक्रिया ।