आठ कक्षा उत्तीर्ण भएपछि पूर्व सभासद् चौधरी दङ्ग

आठ कक्षा उत्तीर्ण भएपछि पूर्व सभासद् चौधरी दङ्ग

दाङ, ३ वैशाख । नेकपा (एमाले)की नेत्री शान्ता चौधरी कक्षा ८ को जिल्लास्तरीय परीक्षामा उत्तीर्ण हुनुभएको छ ।

दाङ लक्ष्मीपुरको उच्च मावि डाँडागाउँ गोग्लीबाट परीक्षा दिनुभएको पूर्व सभासद् चौधरी पहिलो श्रेणीमा उत्तीर्ण हुनुभएको हो । सभासद् हँुदा निरक्षर भएका कारण धेरै दुःख झेल्नुपरेको महसुस गरेपछि उहाँ गाउँको विद्यालयमा भर्ना हुनुभएको थियो ।

Shanta-Chaudhary1

सामाजिक सञ्जाल फेसबुकमा खुसी साट्दै उहाँले लेख्नुभएको छ, “धेरैलाई हाँसो लाग्दो हो तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धि लागेको छ । घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ, फेल हुन्छु भन्ने लागेको थियो, तर पास भइछु । पास मात्रै होइन फस्ट डिभिजन आइछु ।” साथै उहाँले आफूलाई पढाइमा उत्प्रेरणा जगाउने सबैमा आभार व्यक्तसमेत गर्नुभएको छ ।

मिडियाले लगातार पछ्याएकाले पनि आफू ध्यान दिएर पढ्न बाध्य भएको उहाँको भनाइ छ । रासस

तपाइँको प्रतिक्रिया ।