कपन साहित्य समाजको क्यालेन्डर प्रकाशित, चैत ३० गते निःशुल्क वितरण गरिने

कपन साहित्य समाजको क्यालेन्डर प्रकाशित, चैत ३० गते निःशुल्क वितरण गरिने

12986555_1071817249599408_577857464_o

कपन अनलाइन/चैत २९, २०७२
लामो समय चुपचाप बसेको कपन साहित्य समाज यस वर्षको बसन्त ऋतुको अागमनसँगै पालुवामय हुँदैछ । यस संस्थाले एकपछि अर्को नियमितरुपमा कार्यक्रम गर्न थालेपछि धेरैले संस्थाको प्रशंसा गर्न थालेका छन् । ३ महिनाअघि आरएम् डङ्गोलको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि नियमितरुपमा साहित्यिक गतिबिधि संचालन हुन थालेको हो । यसअघि १ दशकभन्दा बढि कपनका स्थानीय नेता मिठाराम अधिकारीले कपन साहित्य समाजलाई नेतृत्व गरेका थिए ।

नयाँ समितिले नियमित साहित्यिक गतिबिधि गर्नेक्रममा ०७३ सालको पूर्वसन्ध्यामा कविता क्यालेन्डर प्रकाशित गरेको छ । प्रकाशित कविता क्यालेन्डर भोलि चैत ३० गते एक औपचारिक कार्यक्रम गरि निःशुल्क वितरण गरिन लागेको संस्थाका अध्यक्ष आरएम् डङ्गोलले कपन अनलाइनलाई बताए । कपनस्थित बालउद्धार उच्चमावि परिसरमा बिहान ७ बजे आयोजना गरिन लागेको क्यालेन्डर वितरण कार्यक्रममा बिभिन्न स्रस्टा, कपन साहित्य समाजका सदस्यहरुका साथ जनसामान्यको उपस्थिति रहने छ । संस्थाले साहित्यिक गतिबिधि संचालन गर्ने क्रममा साहित्यिक भित्तेपात्रो प्रकाशन गरेको छ ।

तपाइँको प्रतिक्रिया ।