बुनपाका कर्मचारी २ लाख घुससहित पक्राउ

कपन अनलाइन/चैत २९, २०७१
बुढानिलकण्ठ नगरपालिकाका २ जना कर्मचारी २ लाख घुससहित पक्राउ परेका छन् । नगरपालिकाका अस्थायी अमिन उमेश श्रेष्ठ र नगरपालिका फोहर उठाउने गाडीको हेल्पर सुरेश श्रेष्ठले घर निर्माणसँग सम्बन्धित एक विषयमा २ लाख घुष लिएपछि अख्तियार टोलीले उनीहरुलाई  रंगेहात पक्राउ गरेको छ ।Bunapa _Nagarpalikaa

हिजो बिहान करिब ११.०० बजे उमेश र सुरेशलाई अख्तियारले नाम्बरिंङ्ग  गरि  पठाएको रकमसहित पक्राउ गरिएको हो । बुढानिलकण्ठ नगरपालिकामा यसरी कर्मचारी घुससहित पक्राउ परेको यो पहिलो पटक  भने हैन । यस अघि वडा नं. १२ १३ र १४ का संयूक्त वडासचिव श्याम अधिकारी पनि नगदसहित कपन स्थित वडा कार्यालय बाट पक्राउ परेका थिए ।

यसरी पटक पटक घुस लिएको आरोपमा कर्मचारीहरु पक्राउ परेपछि बुढानिलकण्ठ नगरपालिका  बदनाम हुनलागेको छ । कर्मचारीले नगरपालिकालाई  वदनाम गरेको आरोप सर्वसाधारणले लगाउन थालेका छन्  । भर्खरै कार्यकारी अधिकृत भएर आएका विश्वराज मरासैनीले हिजै सबै कर्मचारीलाई नगर वदनाम हुने कुनै काम नगर्न नगराउन   कडा दिर्देशन  दिएका  छन्  । चादीटाई गर्न पल्केका  नगरका कर्मचारीहरु  मरासैनीको  निर्देशनको पालना कत्तिको  गर्नेहुन् त्यो हेर्न  भने  आगामी दिनहरु कुर्नुपर्ने देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।