प्रलेस महासचिवमा आरएम् डङ्गोल

प्रलेस महासचिवमा आरएम् डङ्गोल

rm dangol

कपन अनलाइन/चैत्र २८, २०७२

नेपाली प्रगतिशील लेखकहरुको साझा राष्ट्रिय संस्था प्रगतिशील लेखक संघको महासचिवमा आरएम् डंगोल चयन भएका छन् । हिजोसम्पन्न अधिवेशनबाट डङ्गोल महासचिव भएका हुन् । कपन साहित्य समाजका अध्यक्ष रहेका उनी कपनका विभिन्न संघसंस्थाहरुमासमेत आबद्ध छन् । नेपाली साहित्यमा ४० को दशकको मध्यदेखि नियमित उपस्थिति देखाइरहेका स्वच्छन्दतावादी, प्रगतिवादी कविका रुपमा परिचित डङ्गोल त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाली विभागमा कार्यरत छन् ।

हिजो अबेर राति भएको अधिवेशनबाट प्रलेसको नयाँ कार्यकालका लागि साहित्यकार मातृका पोखरेलेको अध्यक्षमा १४९ सदस्यीय केन्द्रिय कार्यसमिति बनेको हो । २००९ सालदेखि संस्थागतरुपमै सक्रिय रहेको प्रलेस सबै वाम एकै ठाम स्वरुपमा वामपन्थी लेखकहरुको साझा संस्थाको रुपमा चलिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।