ह्याण्डबल मैदाननजिकको ढिस्कोले पुरेर एक बालकको मृत्यू !!!

ह्याण्डबल मैदाननजिकको ढिस्कोले पुरेर एक बालकको मृत्यू !!!

कपन अनलाइन/चैत्र २५, २०७२

कपनस्थित ह्याण्डबल मैदान नजिकको ढिस्को पल्टिँदा अहिले साँझ एक बालकको मृत्यू भएको छ । वडा नं. १४ मुस्कानचोक बस्ने वर्ष ५ को सम्राट मगर नाम गरेका किशोर सो ढिस्को वरपर खेलिरहँदा ढिस्को झरेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका सम्राटलाई नजिकैको कपन अस्पतालमा उपचारको क्रममा अहिले साँझ ६.१५ बजे उनको निधन भएको छ ।

खुकुलो माटो भएको ह्याण्डबल मैदान नजिकको यस ढिस्कोले मान्छे नियमित घाइते हुने तथा मर्ने गरे पनि यो ढिस्कोलाई कसरी खतरारहित बनाउने बारेमा कसैले नसोच्दा साना उमेरका बालकको ज्यान गएको हो । यसरी पटक पटक यो क्षेत्रले खतरा निम्त्याइरहँदा तत्कालिन गाविस तथा हाल नगरपालिकाबाट सो क्षेत्रको हितमा रकम ल्याए पनि कामचाहिँ केही नहुँदा त्यो ढिस्कोले बेलाबेलामा दुर्घटना भैरहने अवस्थामा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।