कोकाकोलाले कर बुझायो

कोकाकोलाले कर बुझायो

रत्ननगर (चितवन), २३ चैत । बहुर्राष्ट्रिय कम्पनी कोकाकोलाले स्थानीय विकास शुल्कअन्तर्गतको कर बुझाएको छ ।

पटक पटकको ताकेतापछि कोकाकोलाले जिल्ला विकास समितिमा रु पाँच लाख स्थानीय शुल्क बुझाएको हो । स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलका अनुसार दशकौँ भइसक्दा पनि भरतपुरस्थित गोन्द्राङमा रहेको कोकाकोलाले अहिलेसम्म शुल्क तिरेको थिएन ।

जिल्लामा ह्याचरी उद्योग र अन्डा व्यवसायी केहीले कर नतिरेका पोखरेलले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जबाट आउनुपर्ने ३० प्रतिशत कर अझै आउन सकेको छैन ।

यसैगरी जिल्ला विकास समितिले स्थानीय निकायको आन्तरिक आय रु तीन करोड एक लाख लक्ष्य लिएकामा अघिल्लो महिनासम्म रु एक करोड ५३ लाख मात्रै सङ्कलन गरेको छ । रासस

तपाइँको प्रतिक्रिया ।