“यो माया तिम्रै हो” भन्दै आए कमलमान सिंह

“यो माया तिम्रै हो” भन्दै आए कमलमान सिंह

kamalmanji

कपन अनलाइन/चैत्र १७, २०७२
लोकगायक लोकबहादुर क्षेत्री ४० वर्ष अगाडि गाएको चर्चित लोकगीत ‘यो माया तिम्रै हो’ को नयाँ भर्सन बजारमा आएको छ । नेपाली संगीत क्षेत्रमा विशेष आवाजका कारण चर्चित गायक कमलमान सिंहले क्षेत्रीको सो चर्चित गीतलाई लोकलयमै गाएर नयाँ स्वरुप दिएका छन् । विशिष्ट शैलीको आफ्नो आवाजमा ओर्जिनल लय नमर्ने गरी कमलमानले सो गीतलाई बजारमा ल्याएका हुन् । गीतमा बजार आउनुसँगै विशिष्ट म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको हो । कमलमान सिंह हाल आफ्ना समकक्षीसँग पुराना चर्चित गीतहरुलाई नयाँ स्वादमा पस्कने गतिबिधिमा व्यस्त छन् । ‘यो माया तिम्रै हो’ पछि गायक सिंहले चर्चित लोक गायक पाण्डब सुनुवारको गीतलाई गाउने  तयारीमा रहेका छन् ।

kamalmanjiiii
यो माया तिम्रै हो को सानदार म्यूजिक भिडियो हालै सार्वजनिक गरिएको छ । एडिबाई प्रोडक्सनले बजार ल्याएको म्युजिक भिडियोमा माधव त्रिपाठी, सम्पदा बानियाआदिले अभियन गरेका छन् भने भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।

भिडियो यहाँ हेर्नुस्

तपाइँको प्रतिक्रिया ।