युवाको प्रतिनिधित्व गर्दै नैन सिंह महर केन्द्रिय सदस्यमा भिड्ने ।

युवाको प्रतिनिधित्व गर्दै नैन सिंह महर केन्द्रिय सदस्यमा भिड्ने ।

काठमाडौँ, फाल्गुन १७: नेपाली कांग्रेसको १३औं महाधिवेशनमा नेपाली कांग्रेसका युवा नेता नैन सिंह महर केन्द्रिय सदस्यमा भिड्ने भएका छन् | २० बर्षे नेपाल बिद्यार्थी संघको राजनैतिक इतिहास बोकेका महर नेपाली कांग्रेसका शालीन र प्रखर नेताका रुपमा चिनिन्छन |

nain sing mahar
“राजनीतिमा नैतिकता र इमान्दारिता भएन भने राजनीतिको अस्तित्व धरापमा पर्ने र राजनैतिक जीवननै संकटमा पर्न सक्ने” वहाँको ठहर छ | संगठनमात्रै नभई पार्टीकै अग्रजहरु का साथ्बसे र ख सहकार्य गर्दै पार्टीका भातृ संगठन र पार्टी उद्धेश्यलाई अगाडी बढाउँदै युवाको प्रतिनिधित्वका रुपमा केन्द्रिय सदस्यका लागि अघिबढेको नेतामहर कोभनाई छ |

नेपाली राजनीतिको हिस्सा बनिसकेको युवाजमात नेपाली राजनीति भित्र नयाँ जोश र जाँगरका साथ प्रवेश गरिसकेको छ | नेपाली कांग्रेसको १३औं महाधिबेशनमा कांग्रेसी युवा नेताहरुको नेतृत्व क्षमताको कदर हुनु पर्ने भन्दै बौद्धिक बर्गका प्रभावशाली नेता नैन सिंहमहर नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा आफुले दिने उमेदवारीमा देशभरिका प्रतिनिधिहरुले सहयोग गर्ने बताउँछन्| नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन यहि फाल्गुण२०,२१,२२ र २३ गते काठमाडौँमा सम्पन्न हुँदैछ |

तपाइँको प्रतिक्रिया ।